लघुवित्त न्यूज । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९को असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार संस्थामा नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा कम देखिएको छ ।

गत आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरणअनुसार लघुवित्तले १ करोड २७ लाख ४७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४२.२३ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा संस्थाले २ करोड २० लाख ६४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस अवधिमा संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपनि कर्मचारी तथा अन्य खर्च बढेको कारण लघुवित्तको नाफामा सुधार नदेखिएको हो ।अघिल्लो आवको यस अवधिसम्म ३ करोड ८७ लाख रुपैयाँ मात्रै रहेको कर्मचारी खर्च यस अवधिसम्म बढेर ५ करोड १९ लाख रपैयाँ पुगेको छ भने अन्य खर्च १ करोड ५७ लाख रुपैयाँबाट बढेर २ करोड ६ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी १५.४८ प्रतिशतले घटेर ६ करोड ८० लाख रुपैयाँमा सीमित भएको छ भने संचालन मुनाफा ४०.१३ प्रतिशत घटेर २ करोड २ लाख रुपैयाँमा सीमित भएको छ ।

विवरणअनुसार असार मसान्तसम्म आइपुग्दा लघुवित्तको चुक्तापुँजी बढेर ९ करोड ७५ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ३ करोड २९ लाख २५ हजार रुपैयाँ संचित रहेको छ । यस अवधिसम्म लघुवित्तको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ७ पैसा र प्रतिसेयर नेटवर्थ भने १३३ रुपैयाँ ७७ पैसा रहेको छ । त्यस्तै लघुवित्तले बैंक तथा वित्तीय संस्थाबाट ८४ करोड ८३ लाख रुपैयाँ सापटी लिई २९ करोड ४९ लाख निक्षेप संकलन तथा १ अर्ब २२ करोड ८४ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.