लघुवित्त न्यूज । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले सुनसरीको धरान उपमहानगरपालिका वडा नं. ६ पानबारीमा रहेको सरस्वती मा.वि.का विद्यार्थी तथा सरोकारवालाहरुसँग वित्तीय साक्षरता तथा पङ्खा वितरण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले विद्यालयलाई १० थान सिलिङ्ग पङ्खा हस्तान्तरण गर्नु भएको हो ।

कार्यक्रममा शाखा कार्यालय धरानका शाखा प्रबन्धक सुमन भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । साथै योजना विभागका विभागीय प्रमुख कृष्ण बहादुर खड्काले संस्थागत परिचय र सामाजिक कार्यमा संस्थाले खेलेको भूमिका तथा भावी कार्य योजनाका विषयमा चर्चा गर्नुभएको थियो ।

संस्थाको प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालको अध्यक्षता, प्रमुख आतिथि धरान उपमहानगरपालिका वडा नं.६ का वडा अध्यक्ष भुपेन्द्र भट्टराईका प्रमुख आतिथ्यतामा तथा विशेष अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश कटुवालको विशेष आतिथ्यतामा र प्रधानाध्यपक गंगाप्रसाद धमला लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले वित्तीय साक्षरता सम्बन्धीका विषयहरु कर्जा, बचत, रेमिट्यान्स, लघुउद्यम, बिमा र पारिवारिक बजेट सम्बन्धमा सहजिकरण गर्नुभएको थियो । त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्षले वित्तीय साक्षरता सगै प्रविधि साक्षरताको समेत आवश्यकता भएको बताउनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि भुपेन्द्र भट्टराईले नेरुडेले सामाजिक क्षेत्रमा गरेको कामको प्रशंसा गर्दै प्रगतिको कामना गर्नु भएको थियो । यस किसिमको कार्यक्रमले विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान प्राप्त भएको र आउदा दिनहरुमा नेरुडेसँग सहकार्य गरी कार्य गर्ने प्र.अ. गंगाप्रसाद धमलाले बताउनु भएको थियो । त्यस्तै बंगलादेशका प्रो.डा.मोहम्द युनुसले सुरु गर्नुभएको थ्रीजिरो कल्ब (जिरो कार्बन उत्र्सजन, जिरो गरिबी, जिरो बेरोजगारी) को अवधारणाका विषयमा नेरुडेका क्रेडिट प्लस कार्यक्रमका फोकल पर्सन राजु श्रेष्ठले जानकारी गराउनुभएको हो ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.