लघुवित्त न्यूज । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशिका २०७८, संशोधन गरी आर्थिक वर्ष सकिएको २१ दिनभित्र वित्तीय विवरण प्रकाशित गर्नुपर्नेमा सो निर्देशिकालाई पालना गर्दै ३६ लघुवित्तले वित्तीय विवरण प्रकाशित गरेका छन् । बाँकी ३१ लघुवित्तको वित्तीय विवरण अझै आउँन बाँकी छ ।

हालसम्म ३६ वटा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । संचालनमा रहेका ६७ लघुवित्तमध्ये करिब आधा लघुवित्त संस्थाहरुले आफ्नो वित्तीय विवरण प्रकाशित गरेका हुन् ।

लघुवित्तहरुले प्रकाशित गरेको विवरणअनुसार अधिकांश लघुवित्तहरुको नाफामा सुधार देखिएको छ । ३६ लघुवित्तहरुले गत आर्थिक वर्षको अन्त्यसम्ममा ७ अर्ब २६ करोड २८ लाख खुद मुनाफा आर्जन गरेका छन् । ३६ मध्ये २३ वटा संस्थाहरुको खुद नाफा बढेको छ भने बाँकी १३ वटा लघुवित्तको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा घट्न पुगेको देखिन्छ ।

त्यस्तै गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गर्ने ३६ लघुवित्तमध्ये सबैभन्दा धेरै खुद नाफा आर्जन छिमेक लघुवित्तले गरेको छ । लघुवित्तको खुद नाफा यस अवधिसम्म अर्ब नाघेको छ ।

विवरणअनुसार अन्य लघुवित्तहरुलाई पछि पार्दै लघुवित्तले १ अर्ब ३ करोड नाफा आर्जन गर्दै अर्बको क्लबमा उक्लिएको हो । साथै फरवार्ड माइक्रोफाइनान्स पनि अघि बढ्दै सो अवधिसम्ममा ८४ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, शेयरबजारमा अब्बल मानिने जीवन विकास लघुवित्तले ७८ करोड १९ लाख, एनआइसी एशिया लघुवित्तले ५८ करोड ५६ लाख, आरएमडिसी लघुवित्तले ३५ करोड ४९ लाख, फर्स्ट माइक्रोफाइनान्सले २६करोड ८८ लाख, ग्लोबल आईएमई लघुवित्तले २५ करोड ५ लाख, नेरुडेले २३ करोड ३० लाख र नेष्डो समृद्ध लघुवित्तले २२ करोड १९ लाख रुपैयाँ मुनाफा आर्जन गरेका छन् ।

विवरणअनुुसार सबैभन्दा कम मुनाफा आर्जन गर्नेमा गणपति लघुवित्त र गुराँस लघुवित्त रहेका छन् । गणपतिले १ करोड ८६ लाख रुपैयाँ र गुराँसले १ करोड २७ लाख रुपैयाँ मुनाफा आर्जन गरेका छन् ।

कुन–कुनको नाफा घट्यो

अघिल्लो आर्थिक वर्षको तुलनामा वित्तीय विवरण प्रकाशित गरेका ३६ लघुवित्तमध्ये १३ वटा लघुवित्तको नाफा घट्न पुगेको छ । जसअनुसार साधना, जाल्पा सामुदायिक, सूर्योदय वोमी, छिमेक, धौलागिरी, समता घरेलु, आरम्भ चौतारी, नाडेप, श्रृजनशील, सर्पोट, गुराँस, गरिमा र गणपति लघुवित्त रहेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा यी लघुवित्तहरुको नाफा घट्न पुगेको हो ।

नाफामा ग्रोथ गर्ने लघुवित्तहरु

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको अन्त्यसम्म खुद नाफामा ग्रोथ गर्ने लघुवित्तमध्ये नम्बर १ मा कालिका लघुवित्त रहेको छ ।
कालिका लघुवित्तले विभिन्न सूचाङ्कमा सुधार गर्दै गत आवको अन्त्यसम्म खुद नाफा १३२.७२ प्रतिशतले बढाएर १२ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा लघुवित्तले जम्मा ५करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, दोस्रोमा आरएमडिसी लघुवित्त रहेको छ । आरएमडीसीले गत आवको चौथो त्रैमाससम्ममा खुद नाफामा ९९.४८ प्रतिशत ग्रोथ गरेर ३५ करोड ४९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा लघुवित्तको खुद नाफा १७ करोड ७९ लाख रुपैयाँ रहेको थियो ।

यसैगरी फर्स्ट माइक्रोफाइनान्सको ८७.८२ प्रतिशत, नेष्डो समृद्ध लघुवित्तको ७१.०६ प्रतिशत, फरवार्ड माइक्रोफाइनान्सको ६५.६५ प्रतिशत, महिलाको ६१.४३ प्रतिशत, सिवाइसीको ५५.०८ प्रतिशत, आरएसडीसीको ४८.४५ प्रतिशत, राष्ट्र उत्थानको ४१.१७ प्रतिशत, स्वरोजगारको ३१.३० प्रतिशत, नेरुडेको २७.७८ प्रतिशत, एनआइसी एशियाको २४.४९ प्रतिशत, समिटको २१.२९ प्रतिशत, इन्फिनिटीको १९.१४ प्रतिशत, जीवन विकासको १३.४० प्रतिशत, सिभिलको १३.३९ प्रतिशत, आँधिखोलाको ११.०१ प्रतिशत, महुलीको १०.७१ प्रतिशत, ग्लोबल आईएमईको १०.०५ प्रतिशत, नयाँ सारथीको ९.७० प्रतिशत, मिर्मिरेको ८.०१ प्रतिशत, स्वाभिमानको ०.६९ प्रतिशत र आशाको ०.४४ प्रतिशतले ग्रोथ भएको विवरणले देखाएको  छ ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.