लघुवित्त न्यूज । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९कोअसार मसान्तसम्मको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार संस्थाको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ ।

विवरण अनुसार गत आर्थिक वर्षमा १० करोड ४७ लाख कम्पनीले खुद नाफा कमाएको छ । यो अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा १६ दशमलव २४ प्रतिशत घटेको हो । कम्पनीले अघिल्लो आवमा १२ करोड ५० लाख नाफा कमाएको थियो ।

गत आवमा कम्पनीको सञ्चालन नाफा र संचालन आम्दानी घटेकाले नाफा घटेको छ। सञ्चालन नाफा अघिल्लो आवको तुलनामा गत आवमा १७ प्रतिशत घटेर १५ करोड ८१ लाखमा झरेको छ भने कुल संचालन आम्दानी ७ दशमलव ६८ प्रतिशतले घटेर ४१ करोड ५६ लाखमा झरेको छ । कम्पनीको असार मसान्तसम्म खुद ब्याज आम्दानी १० दशमलव ३५ प्रतिशतले घटेर ३४ करोड १५ लाख रहेको छ ।

विवरणअनुसार संस्थाको चुक्ता पूँजी ३२ करोड रहेको कम्पनीले जगेडा कोषमा २२ करोड ८८ लाख सञ्चित गरेको छ । असार मसान्तसम्म कम्पनीको सापटी रकम ३ अर्ब ८ करोड, निक्षेप १ अर्ब १३ करोड पुगेको छ भने कर्जा लगानी ४ अर्ब ७१ करोड गरेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३२ दशमलव ७२, मूल्य आम्दानी अनुपात २८ दशमलव ७२ गुणा र प्रतिशेयर नेटवर्थ १७० दशमलव १६ रहेको संस्थाले जनाएको छ ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.

This will close in 20 seconds