लघुवित्त न्यूज । बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले मधेश प्रदेशका प्रादेशिक कार्यालय मातहतका शाखा प्रमुख तथा फिल्ड कर्मचारीहरुलाई साउन २३ र २४ गते एक चरण, २४ र २५ गते एक चरण गरी दुई चरणमा कर्जा गुणस्तर नियन्त्रण तथा प्रभावकारी कार्य संचालन तालिम कार्यक्रम सम्पन्न गरेको छ । रौतहट स्थित होटल तराई इनमा सम्पन्न उक्त चरणबद्ध आवासीय तालिम कार्यक्रममा संस्थाका सहायक कार्यकारी प्रमुख बिर्खबहादुर बोहराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

मधेश प्रदेशका प्रादेशिक प्रमुख रामकिशोर चौधरीले संचालन गरेको उक्त तालिम कार्यक्रममा कर्जा गुणस्तर नियन्त्रण सम्बन्धमा वित्तीय संस्थाका कर्जा तथा असुली विभाग प्रमुखले मुख्य रुपमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन राष्ट्रिय गानको साथमा पानसमा दिप प्रज्वलन गरी प्रमुख अतिथि बोहराले गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रादेशिक उपप्रमुख षडेन्द्र प्रसाद त्रिखत्रीले गर्नुभएको थियो । त्यस्तै कलैया शाखाका शाखा प्रमुख बम बहादुर चौधरीले कार्यसंचालन सम्बन्धमा सहजीकरण गर्नुभएको थियो ।

लघुवित्त क्षेत्रमा हुन सक्ने कर्जा जोखिमसंगै कार्यसंचालनमा प्रभावकारिताको व्यवस्थापन गर्न कर्मचारीहरुलाई समय समयमा थप ज्ञान तथा सिपको विकास प्रवर्धन गर्नु आवश्यक भएकाले वित्तीय संस्थाले कर्मचारी लक्षित तालिम कार्यक्रम आयोजना गरिएको सहायक कार्यकारी प्रमुख बिर्ख बहादुर बोहराले बताउनुभयो ।

कार्यक्रममा संस्थाको मधेश प्रदेशका २५ वटा शाखाका अतिरिक्त बाग्मती प्रदेशका सिन्धुलीस्थित शाखाका कर्मचारीहरु एवम् सहजकर्ता समेत गरी लगभग १०० जना कर्मचारीहरु उपस्थित रहेका थिए । वित्तीय संस्थामा करिब ७५० कर्मचारी कार्यरत छन् भने १४८ शाखा संजाल मार्फत वित्तीय संस्थाले करिब एक लाख पैंतीस हजार सेवाग्राहीलाई प्रत्यक्ष सेवा प्रदान गरिरहेको छ । संस्थाले यस अघि स्वेडा लघुवित्त र नागबेली लघुवित्तलाई प्राप्ति गरिसकेको छ भने हाल बुद्द ज्योति लघुवित्तलाई प्राप्ति गर्ने प्रक्रियामा रहेको जनाएको छ ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.

This will close in 20 seconds