लघुवित्त न्यूज । रोल्पा जिल्लाको मिझिङ –९ मिझिङ गाउँमा महरा परिवारमा जन्मिएकी हुन देवि विष्ट । वि.सं. २०३९ साल मंसिर १५ गते बाबु चन्द्र बहादुर महरा र आमा सन्तमाया महराको कोखबाट जन्मिएकी हुन् उनी । धेरै टाढाको केटो अनिल विष्ट सँग वि.सं.२०५७ साल भाद्र १८ गते विवाह गरेकी उनको हाल १ छोरी १९ वर्षकी र १ छोरा १३ वर्षको छ ।

श्रीमान् घर निर्माण सम्बन्धी काम गर्ने र परापुर्वकाल देखि नै पशु पालन गर्दै आएकी उनका जीविका जेनतेन चलिरहकै थियो तर केही समय अगाडि श्रीमानको मृत्यु पश्चात् दुइ छोराछोरीको लालनपालन र दैनिक गुजारा चलाउन निकै गाह्रो भएको स्मरण गर्छिन् ,तर हाल परम्परागत रुपमा गर्दै आइरहेको पेशालाई केही भएपनि व्यावसायीक रुपमा अगाडि बढाउन आर्थिक लगानी गर्न साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले गरेको सहयोगले नै आजको दिन हिजोको जस्तो नरहेको बताउँछिन । साथै दुःखको समयमा साधना लघुवित्तले काज किरीया खर्च लगायत सहुलियत दरमा लगानी गरेको रकमले आज आफ्नै व्यवशाय संचालनमा सहजता भएको छ ।

हिजोको दिनमा पर्याप्त मात्रामा लगानी गर्ने रकम नहँुदा व्यवसायीक रुपमा व्यवसायलाई वृद्घि गर्ने आफ्नो क्षमताले नसक्ने भएकी उनी वित्तीय संस्थाको सहगोगले ७ वटा गाई पालन गरी किराना पसल र खाजा पसल समेत संचालन गदै आएकी छिन् । त्यसमा उनकी छोरीले साथ दिँदै आएकी छिन् । सामान्य रुपमा परापुर्वकाल देखि संचालन गदै आएको कृषि पेसा हाल आम्दानीको मख्ुय स्रोत बनेको छ । सुरुवातको समयमा लगानी योग्य रकमको अभावमा एउटा गाईमात्र पालन गरी व्यवस्थित रुपमा अगाडि बढ्न निकै अप्ठ्यारा स्थिति आईपरेको, गाउँ घरमा कुनै पनि व्यक्तिले सजिलै कर्जा नपत्याई हाल्ने र बैक वित्तीय संस्थाको पहुँच पनि नभएको अवस्थाबाट गुर्जेका अप्ठारा दिनहरुको बारेमा सम्झ्न्छिन् उनी ।

काठमाडौ सितापाइला बाट निकै नजिकको बस्ती भएता पनि लघुवित्त कार्यक्रम नपुगेका उनको गाउँमा आज भन्दा २ वर्ष अगाडि साधना लघुवित्त वित्तीय संस्था लिमिटेड, नागार्जुन शाखाका कर्मचारीले गाउँका दिदी बहिनीहरुसँग छलफल तथा भेला भएर समुहमा आवद्ध गराई बचत गरेको उनी सम्झिन्छन् ।

सुरुवाती दिनमा कर्जा लिन असहज लाग्ने उनी अप्ठ्यारो परिस्थितीले ७५ हजार बिना धितो कर्जा लिई उक्त कर्जाले १ वटा गाई किनेर गाईबाट दैनिक ९ लिटर दुध बेच्न सुरु गरिन् । साधना लघुवित्त वित्तीय संस्था लि. बाट ब्याजदर छुटमा सुलभ कर्जा लिएकी उनले कर्जाको सही सदुपयोगिता गरकोले धेरै पटक बिना धितो कर्जा पाई लगानी गरी राम्रो आम्दानी गर्दै आएकी छिन् र हाल ७ वटा गाई रहेको र फुर्सदको समयमा उनले सानो खाजा घर पनि संचालन गर्दै आएकी छिन् । व्यवशायमा उनले रेखदेख गर्ने, हर हिसाब राख्ने र कामदारहरुलाई काममा लगाउने हँुदा उनका श्रीमान् ठेक्कापट्टा समेत गर्न लागेको छ ।

अहिले उनको गाई पालन व्यवशायमा छोरा ,छोरीले पनि सहयोग गर्ने गरेको बताउँछिन् । हाल उनले धेरै खर्च नहुने र खुसी रहेको प्रष्टाइन् । पुर्खाै देखीको बासस्थान भएता पनि घर बनाउने थोरै जग्गा भन्दा अरु केही नभएको उनी केही जग्गा जमिन जोडी छोरा छोरीहरुलाई समेत राम्रो कलेज ,स्कुलमा पढाउन पाउँदा खुसी रहेको बताउँछिन् । तर हाल उनी दुध व्यवशाय र सानो खाजा घरबाट सन्तुष्ट रहेता पनि प्रतिस्पर्धा उच्च रहेकोले नाफा पहिल्यै जति नरहेको गुनासो पोख्छिन् ।

प्रस्तुतकर्ता : (निरा देवि पन्थ )
शाखा प्रबन्धक शाखा कार्यालय नागाजुर्न

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.

This will close in 20 seconds