लघुवित्त न्यूज । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा उल्लेख्य सुधार देखिएको हो।

गत आवको असार मसान्तसम्म लघुवित्तले २ करोड ३८ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको तुलनामा ३८.१८ प्रतिशतले बढी हो । अघिल्लो आवको यसै अवधिसम्म कम्पनीले १ करोड ७२ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी र संचालन मुनाफामा सुधार आएसँगै नाफा वृद्धि हुन पुगेको हो । समिक्षा अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी ७.७६ प्रतिशतले वृद्धि भई ११ करोड ७९ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा समेत ३५.१६ प्रतिशत बढेर ३ करोड ६७ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिसम्म लघुवित्तको प्रतिशेयर आम्दानी १८ रुपैयाँ १० पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ २८ पैसा रहेको छ । साथै चौथो त्रैमाससम्म लघुवित्तको चुक्तापुँजी १३ करोड २० लाख रुपैयाँ रहेकोमा जगेडा कोषमा ९ करोड १ लाख रुपैयाँ संचित रहेको छ । सो अवधिसम्म लघुवित्तको सापटी ७३ करोड २ लाख रुपैयाँ, निक्षेप संकलन ५७ करोड ६५ लाख रुपैयाँ र कर्जा लगानी १ अर्ब ५९ करोड ७० लाख रुपैयाँ रहेको छ ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.