लघुवित्त न्यूज । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिकृष्त वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा उच्च गिरावट आएको छ ।

विवरणअनुसार गत आवको असार मसान्तसम्ममा संस्थाले १२ करोड ७९ लाख ५३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको तुलनामा ३५.६३ प्रतिशतले कम हो । अघिल्लो आवको यसै अवधिसम्म कम्पनीले १९ करोड ८७ लाख ९८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी र संचालन मुनाफा दुबै घट्न पुगेकोले लघुवित्तको नाफा प्रभावित बन्न पुगेको हो । समिक्षा अवधिसम्म लघुववित्तको खुद ब्याज आम्दानी ६.१५ प्रतिशतले घटेर ४४ करोड १३ लाख रुपैयाँमा सीमित भएको छ भने संचालन मुनाफा ३५.४२ प्रतिशतले घटेर २० करोड ३३ लाख रुपैयाँमा सीमित भएको छ ।

विवरणअनुसार लघुवित्तको चुक्तापुँजी यस अवधिसम्म २१.४९ प्रतिशतले बढेर ६५ करोड ५८ लाख रुपैयाँ पुगेको छ भने रिजर्भको आकार १.५५ प्रतिशतले बढेर कोषमा ३७ करोड ११ लाख रुपैयाँ संचित रहेको छ । त्यस्तै, यस अवधिसम्म लघुवित्तको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ५१ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ६० पैसा रहेको छ । त्यस्तै कम्पनीको सापटी ३ अर्ब ३८ लाख रुपैयाँ, निक्षेप संकलन १ अर्ब ९७ करोड १५ लाख रुपैयाँ र कर्जा लगानी ५ अर्ब ७४ करोड ७३ लाख रुपैयाँ रहेको छ ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.

This will close in 20 seconds