लघुवित्त न्यूज । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८/७९को असार मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार संस्थाको नाफामा उल्लेख्य सुधार देखिएको छ ।

संस्थाले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार १ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस आवमा कमाएको नाफा अघिल्लो आवको तुलनामा ३८.२२ प्रतिशत बढी हो । अघिल्लो आवको यसै अवधिसम्म संस्थाले ७८ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी घट्न पुगेको छ भने संचालन मुनाफा ऋणात्मक रहेको छ । संस्थाको खुद ब्याज आम्दानी ७.६२ प्रतिशतले घटेर ४ करोड ७९ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो आवमा एक अर्ब ६४ करोड ४२ लाख रुपैयाँ ऋणात्मक रहेको संचालन मुनाफा यस अवधिसम्म घटेर ३ करोड ७६ लाख रुपैयाँ कायम भएको छ । यसकारण पनि लघुवित्तले नाफामा सुधार गरेको हो ।

समिक्षा अवधिसम्म संस्थाको चुक्तापुँजी ६ करोड १५ लाख रुपैयाँबाट बृद्धि भई ७ करोड ९२ लाख रुपैयाँ पुगेको छ भने रिजर्भको आकार भने घटेर ५५ लाख ४० लाख रुपैयाँ मात्रै कोषमा संचित रहेको छ ।

विवरणअनुसार यस अवधिसम्म संस्थाको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ६८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ९९ पैसा रहेको छ । साथै लघुवित्तको सापटी ६४ करोड ८८ लाख रुपैयाँ, निक्षेप संकलन १७ करोड १८ लाख रुपैयाँ र कर्जा परिचालन ८६ करोड २७ लाख रुपैयाँ रहेको छ ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.