लघुवित्त न्यूज । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्था बीच औपचारिक कार्यक्रममा सम्झौता गरेको छ । सम्झौता पत्रमा छिमेक लघुवित्तका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलाराज शर्मा जोशी र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गर्नुभएको हो ।

उक्त सम्झौता पश्चात छिमेक लघुवित्तको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (NPI) सँग जोडी नेशनल पेमेन्ट स्वीच (NPS) अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछ । सो अन्तर्गत छिमेक लघुवित्तले NCHL-IPS र RPS/connectIPS प्रणालीहरु मार्फत आफ्ना बचत निक्षेप, कर्जाको किस्ता संकलन लगायतका विभिन्न संकलनका कारोबारहरु तथा तलब, भेण्डर भुक्तानी, कर्जा निकासा, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरु बीच सोझै गर्न सक्नेछ ।

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको ल्एक्ष् मा हाल ५९ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी/ पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ७४ गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।

सन् २००१ मा स्थापना गरिएको छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, छिमेकी समाज सेवा केन्द्रद्वारा सञ्चालन गरिएको माइक्रो–फाइनान्सको एक शाखा हो जसमा देशका अग्रणी वाणिज्य बैंकहरू, छिमेकी समाज सेवा केन्द्र र व्यक्तिगत शेयरधनीहरूको लगानी रहेको छ । छिमेक लघुवित्तले लघु उद्यमीहरूलाई समर्थन गर्ने र वित्तीय सेवाको पहुँच सुधार गर्ने लक्ष्य राखेको छ । यसले नेपालभरका १९२ शाखाहरू मार्फत ६९ जिल्लाका ४ लाखभन्दा बढी गरिब तथा सीमान्तकृत महिला ग्राहकहरूसम्म आफ्नो सेवा पुर्याउन सफल भएको छ । यसले आफ्नो स्थापनाकालदेखि नै आफ्ना सदस्यहरूलाई विभिन्न सेवाहरू प्रदान गर्दै आएको छ भने एनसीएचएल सँगको यस सहकार्यले छिमेक लघुवित्तको सेवा प्रवाह थप सुदृढ हुने अपेक्षा गरिएको छ ।

यससम्बन्धी थप जानकारीको लागि www.nchl.com.np मा हेर्न सकिनेछ ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.

This will close in 20 seconds