लघुवित्त न्यूज । सरकारले चालु आर्थिक वर्षको पहिलो एक महिना साउनमा ९१ अर्ब रुपैयाँ आम्दानी गर्दा २२ अर्ब २५ करोड रुपैयाँ खर्च गरेको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार साउनमा सरकारले राजस्व (कर र गैरकर) बाट ७९ अर्ब ७२ करोड २५ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ । यो वार्षिक लक्ष्यको ५.६८ प्रतिशत संकलन हो । एक महिनामा ७९ करोड ३० लाख अनुदान प्राप्त भएको छ । अन्य आम्दानी १० अर्ब ४८ करोड ४८ लाखसहित एक महिनामा कुल ९१ अर्ब रुपैयाँ आम्दानी भएको महालेखाले जनाएको छ ।

यसबीचमा चालु, पूँजीगत र वित्तीय हस्तान्तरणमार्फत २२ अर्ब २५ करोड ८७ लाख रुपैयाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । महालेखाले वित्तीय व्यवस्थातर्फको खर्च भने विवरणमा राखेको छैन ।

सरकारले यस वर्ष १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ । एक महिनामा चालु खर्च ५ अर्ब ६५ करोड र वित्तीय हस्तान्तरणतर्फ १५ अर्ब ११ करोड रुपैयाँ खर्च भएको छ । पूँजीगत खर्च १ अर्ब ४८ करोड ४६ लाख रुपैयाँ मात्र भएको छ । यो लक्ष्यको ०.९३ प्रतिशत मात्र हो । सरकारले चालु आवमा पूँजीगत तर्फ ३ खर्ब ८० करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको छ ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.