लघुवित्त न्यूज । सनराइज बैंकले लघुवित्त तथा विपन्न वर्ग क्षेत्रको कर्जा सुरक्षण गर्ने भएको छ । भदौ ५ गते आइतबार निक्षेप तथा कर्जा सुरक्षण कोष र सनराइज बैंकबीच लघुवित्त तथा विपन्न वर्ग क्षेत्रको कर्जा सुरक्षण गर्ने सम्झौता भएको हो । कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । उक्त कार्यक्रममा कोषका नायब प्रमुख कार्यकारी अधिकृत तथा विभागीय प्रमुख र सनराइज बैंकका विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो ।

यो सम्झौतासँगै सनराइज बैंकले लघुवित्त तथा विपन्न वर्ग कर्जाअन्तर्गत बिनाधितो सामूहिक जमानीमा लगानी गर्ने प्रतिव्यक्ति रु.१० लाखसम्म, शैक्षिक प्रमाणपत्र धितो जमानीमा लगानी गर्ने प्रतिव्यक्ति रु.७ लाखसम्म, धितो जमानीमा लगानी गर्ने प्रतिव्यक्ति रु.२० लाखसम्म कर्जा सुरक्षण गर्नेछ ।

यस्तै वैदेशिक रोजगारबाट सीपमूलक तालिम लिई फर्केका युवा तथा दलित समुदायका व्यक्तिलाई सामूहिक जमानी वा परियोजना धितोअन्तर्गत लगानी गर्ने प्रतिव्यक्ति रु. १० लाखसम्म र कोषको पूर्वसहमति लिई महिलाद्वारा सञ्चालित लघु उद्यम परियोजनाअन्तर्गत परियोजना धितो राखी वा व्यक्तिगत वा सामूहिक जमानीमा लगानी गर्ने रु. १५ लाखसम्मको कर्जा कोषले सुरक्षण गर्ने सम्झौतामा उल्लेख छ ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.

This will close in 20 seconds