लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले धादिङको महादेववेशी शाखामा आवद्ध  ग्राहक सदस्यहरुलाई व्यवसायिक तरकारी खेती तालिम प्रदान गरेको छ । भदौ १ र २ गते गरी संस्थाले २ दिन सम्म सञ्चालन भएको तालिममा व्यवसाय उन्मुख २१ जना ग्राहकहरुलाई सहभागी गराइएको थियो ।

ग्राहक सदस्यहरुको सीप र क्षमता अभिवृद्धि लागि व्यवसायिक तरकारी खेती तालिम आयोजना गरिएको थियो । तालिमको माध्यमबाट कृषकहरुले स्थानिय स्तरमा उपलब्ध स्रोत र साधनहरुको उच्चत्तम उपयोग गरी कम लागतमा बढी मुनाफा गर्ने साथै तालिमले ग्राहक सदस्यहरुलाई सफल व्यवसायी बनाउन मद्धत पुग्ने अपेक्षा गरिएको छ । तालिमको सहजीकरण संस्थाका व्यवसाय प्रवद्र्धन अधिकृत (कृषि विशेषज्ञ) ओम प्रकाश भुसालले गर्नुभएको थियो ।

लक्ष्मी लघुवित्तले कर्जा, बचत बाहेक लघुवीमा, विप्रेषण, ट्यावलेट बैकिङ्ग, लक्ष्मी लघुवित्त स्मार्ट एप र मोबाईल पैसा सुविधा संगै महिलाहरुलाई उद्यमशीलताको माध्यमबाट महिला सशक्तिकरणमा टेवा पुर्‍याउने उद्धेश्यले क्षमता अभिवृद्धि तथा सीप विकास सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएको छ ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.