लघुवित्त न्यूज । बीमा समितिले लघुबीमा कम्पनी दर्ताको लागि नयाँ निर्देशिका जारी गरेको छ । सोमबार बसेको समिति सञ्चालक समितिको बैंठकबाट लघुबीमा संस्थापना तथा दर्ता सम्बन्धी निर्देशिका २०७९ पारित गरेको छ ।  ३१ साउनमा बसेको समिति सञ्चालक समितिको बैठकले निर्देशिका स्वीकृत गरेको हो । बीमा समितिले लघुबीमा सम्बन्धी निर्देशिका ल्याएसँगै अब लघुबीमा कम्पनीलाई लाइसेन्स दिने बाटो खुलेको छ ।

समितिले लघु जीवन बीमा र लघु निर्जीवन बीमा व्यवसाय गर्न सोहीअनुसारको लाइसेन्स दिने गरी निर्देशिका तयार गरेको हो । निर्देशिकामा अन्य कम्पनी जस्तै पब्लिक कम्पनीले मात्रै बीमा समितिले तोकेको मापदण्ड पूरा गरेपछि लाइसेन्स पाउने उल्लेख छ ।
बीमा समितिले लघुबीमा कम्पनी दर्ता गर्नुपूर्व नै सहमति लिएर मात्रै दर्ता प्रक्रियामा जानसक्ने व्यवस्था निर्देशिकामार्फत गरेको छ । समितिले निर्देशिकामा आवश्यक चुक्ता पूँजी उल्लेख गरेका छैन ।  चुक्ता पूँजीको न्युनतम ५१ प्रतिशत संस्थापकको सेयर हुनुपर्ने र न्युनतम ३० प्रतिशत चुक्ता पूँजी हुनुपर्ने निर्देशकामा उल्लेख छ ।

बीमा समितिले जारी गरेको निर्देशिका अनुसार गरिब, न्यून आय भएका जनतालाई लक्षित भई लघुबीमा सेवा प्रवाह गर्ने लक्ष्य लिएर आउनेले मात्रै लघुबीमाको लाइसेन्स पाउने व्यवस्था उल्लेख छ ।

लघुबीमा कम्पनी संस्थापना गर्न कालोसूचीमा नपरेको, कालोसूचीमा परेको भए हटेको तीन वर्ष पुगेको हुनुपर्ने उल्लेख छ । त्यस्तै, एक तिहाई संस्थापकहरु स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था नयाँ निर्देशिकामा गरिएको छ । प्रस्तावित लघुबीमा कम्पनीको कार्यालय उपत्यका बाहिर हुनुपर्ने र छनोट भएका प्रस्तावमध्ये समितिले कुनै खास प्रदेशमा मुख्य कार्यालय रहने गरी तोक्न सक्ने व्यवस्था निर्देशिकामा गरेको छ ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.