लघुवित्त न्यूज । जिल्ला प्रशासन कार्यालय कैलालीले मिटर ब्याजी विरुद्ध उजुरी दर्ताको लागि आह्वान गरेको छ । प्रशासनले एक सूचना सार्वजनिक गर्दै तथ्य प्रमाण सहित पीडितहरूलाई उजुरी दर्ता गर्न भनेको हो ।

“हालैका दिनमा मिटर ब्याजीहरुले निरक्षर, गरिब तथा आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिहरूमाथि परिस्थितिको लाभ उठाउँदै गरेको शोषणको शृङ्खलाले सयौँ परिवारको बिचल्ली भएका समाचारहरू प्रकाशन भएका छन् । साथै गृह मन्त्रालयले मिति २०७९/०४/२८ गते त्यस्ता आर्थिक अपराधीहरूलाई कानुनी दायरामा ल्याई कारबाही गर्ने प्रयोजनार्थ सार्वजनिक सूचना समेत प्रकाशन गरेको ब्यहोरा अवगत गराउँदै यस जिल्लामा त्यस्तो कुनै आर्थिक अपराध भएर गरेको भएमा मिटर ब्याजीले गरेका त्यस्ता अपराध र शोषण विरुद्ध यथासम्भव बढी तथ्य प्रमाण सहित यस कार्यालयमा यथासम्भव छिटो उजुरी दर्ता गराउनु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।” जारी सूचनामा भनिएको छ ।

मिटर ब्याजीहरुले निरक्षर, गरिब तथा आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिहरूमाथि परिस्थितिको लाभ उठाउँदै गरेको शोषणको शृङ्खलाले सयौँ परिवारको बिचल्ली भएका समाचारहरू प्रकाशन भइरहेकोले उजुरी दर्ता गर्न आग्रह गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.