लघुवित्त न्यूज । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्राहक सदस्यहरु र संस्थाको बीचमा सुमधुर सम्बन्ध निरन्तर कायम राखिराख्न टेवा पुग्ने अभिप्रायले सम्पूर्ण अनुगमन अधिकृत, शाखा कार्यालय प्रमुख तथा फिल्ड कर्मचारीहरुलाई समेटी ३५० जना कर्मचारीहरुलाई भच्र्युअल माध्यमबाट ग्राहक संरक्षणका सिद्धान्तहरु सम्बन्धी अभिमुखिकरण कार्यक्रम संचालन गरेको छ ।

उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले सम्पूर्ण कर्मचारीहरुलाई उच्च मनोवलका साथ ग्राहक सदस्यलाई सर्वोपरि मानी ग्राहक संरक्षणको सिद्धान्तहरु अनुशरण गर्दै आफ्ना दैनिक कामकार्वाहीहरु नियमित रुपमा गर्नको लागि निर्देशन दिनुभयो ।

सिभिल बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको राष्ट्रिय स्तर कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले देशका ३४ जिल्लाहरुमा ७५ शाखा कार्यालयहरु मार्फत करिव ७१ हजार घरपरिवारमा लघुवित्तीय सेवाहरु लगायत गैर–वित्तीय सेवाहरु समेत प्रदान गर्दै आइरहेको छ ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.