लघुवित्त न्यूज । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड र बुद्धज्योती लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ १५ गते, बुधबारबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले बुद्धज्योती लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती गरी मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार गर्न लागेको हो ।

यी दुई कम्पनीहरूबीच गत फागुन २७ गते प्राप्ती सम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो । दुबै कम्पनीहरूको गत असार ३१ गते सम्पन्न छुट्टा छुट्टै विशेष साधारण सभाले प्राप्ती सम्बन्धी प्रस्ताव पारित गरेको थियो । नेपाल राष्ट्र बैंकले भदौ ६ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट भदौ ९ गते कम्पनीलाई एकीकृत कारोबारका लागि स्वीकृति प्रदान गरेको हो ।

बुद्धज्योती लघुवित्त वित्तीय संस्था लिमिटेडको अन्तिम दिनसम्म कायम सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्वहरू लेखाङ्कन हिसाबमा समायोजन गर्ने गरी मिर्मिरे लघुवित्तलाई एकीकृत कारोबार सञ्चालनका लागि कम्पनी रजिष्ट्रारको कार्यालयले स्वीकृति प्रदान गरेको छ ।

एकीकृत कारोबार शुभारम्भ हुने दिन दुबै संस्थाको कारोबार बन्द हुने जानकारी समेत कम्पनीहरूले दिएका छन् । प्राप्ती पश्चात बन्ने मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय साविककै बनेपा नगरपालिका वडा नम्बर ८ बनेपाबजार, काभ्रेपलान्चोकमा रहने सुचनामार्फत जानकारी दिएको छ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.