लघुवित्त न्यूज । बीमा समितिले लघु बीमा कम्पनीको लाइसेन्स खुलाएको छ । समितिले शुक्रबारदेखि ३५ दिन भित्रमा प्रस्ताव पेश गर्न सूचना जारी गरेको छ । तीन वटा जीवन र ४ वटा निर्जीवन लघु बीमा कम्पनीको लाइसेन्स दिने भएको छ । अहिले प्रस्ताव पेश गर्न प्रस्तावकले जीवन निर्जीवन उल्लेख गरेर राख्न सक्नेछ । प्रादेशिक स्तरमा केन्द्रिय कार्यालय रहने गरि प्रस्ताव पेश गर्नु पर्ने समितिले जनाएको छ । न्युनतम चुक्ता पूँजी ७५ करोड रुपैयाँ तोकिएको छ ।

न्यून आय भएका तथा लक्षित वर्गका जनतामा समेत बीमाको पहुँच पुर्याई बीमाको विकास तथा विस्तार गर्न र नेपाल सरकारको आ.व.०७९/०८० को बजेट वक्तव्यको बुँदा नं. ३२७ मा लघुबीमा कम्पनीको स्थापना सम्बन्धी बुँदा कार्यान्वयन गर्ने क्रममा लाइसेन्स आह्वान गरिएको समितिले जनाएको छ ।

समितिले सार्वजनिक सूचना आह्वान गर्दै बढीमा ७ वटा (३ जीवन तथा ४ निर्जीवन) लघु बीमा कम्पनीको स्थापनाको कार्य अगाडि बढाउने प्रयोजनका लागि इच्छुक व्यक्ति तथा लगानीकर्ता संस्थाहरुलाई प्रस्ताव पेश गर्न आह्वान गरेको हो ।

आजको यो सूचना प्रकाशित भएको मितिले पैँतीस औ दिनको १२ बजेभित्र बीमा समितिको नाममा सम्बोधन भएको सिलबन्दी प्रस्ताव सम्बन्धित प्रस्तावक व्यक्ति वा संस्थाको नाम ठेगाना स्पष्ट खुल्ने गरी दर्ता गर्नुपर्नेछ ।

प्रस्तावित लघु बीमा कम्पनीको चुक्ता पुँजी प्रस्ताव गर्दा कम्तीमा ७५ करोड रुपैयाँमा नघट्ने गरी प्रस्ताव गर्नुपर्नेछ । प्रस्तावित लघु बीमा कम्पनीले गर्ने बीमा व्यवसाय लघु बीमा तर्फको जीवन बीमा वा लघु बीमा तर्फको निर्जीवन बीमा व्यवसाय मध्ये कुनै एक छुट्टाछुट्टै वा दुवै प्रस्ताव गर्न सकिनेछ ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.