लघुवित्त न्यूज । लघुवित्त वित्तीय संस्थाहरुमा रोजगारीका लागि सूचनाहरु प्रकाशित भएका छन् । विभिन्न लघुवित्तमा आएका विज्ञापनहरु तल प्रस्तुत गरिएको छ ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । कम्पनीले प्रबन्धकका लागि १ जना र सहायक प्रबन्धकका लागि १ जना गरी २ जना कर्मचारी माग गरेको हो । उक्त पदका लागि स्नाकोत्तर सरहको परीक्षा उर्तिण गरी बैंक तथा वित्तीय संस्थामा काम गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले भदौ २५ गते बैंकिङ समयभित्र आवेदन दिनुपर्ने संस्थाले जनाएको छ ।

नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड

नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । संस्थाले भदौ १० गते एक सुचना जारी गर्दै सहायक प्रशिक्षार्थी पदमा कर्मचारीको माग गरेको हो ।उक्त पदका लागि कम्तीमा एस.एल.सी वा एस.ई.ई तह उतीर्ण गरेको हुनुपर्ने संस्थाले जनाएको छ ।

योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्रमा आवश्यक कागजात संलग्न गरी संस्थाको प्रधान कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोक वा संस्थाको स्थानीय शाखा कार्यालयहरुमा दर्ता गराउन सकिनेछ । साथै सम्पूर्ण कागजातसहित sarathibank,hr@gmail.com  मा इमेल गरी आवेदन दिन सकिने संस्थाले जनाएको छ ।

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । संस्थाले सहायक प्रबन्धक, वरिष्ठ अधिकृत, प्रशिक्षार्थी सहायक अधिकृत र जुनियर अधिकृत पदमा केही संख्यामा कर्मचारीहरुको माग गरेको हो ।

सहायक प्रबन्धक, वरिष्ठ सहायक र प्रशिक्षार्थी सहायक अधिकृतका लागि स्नातकोत्तर तह उत्तीर्ण भएको हुनुपर्नेछ । त्यस्तै जुनियर अधिकृत पदका लागि स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने संस्थाले जनाएको छ ।

योग्यता पुगेका इच्छुक व्यक्तिहरुले भाद्र २२ गतेसम्म आवश्यक कागजात संलग्न गरी संस्थाको केन्द्रिय कार्यालयमा गई आवेदन दिन सकिने संस्थाले जनाएको छ ।

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । लघुवित्तले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यकता रहेको जनाएको हो ।

लघुवित्तले अधिकृत पदको लागि कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनको लागि मान्यता प्राप्त क्षिक्षण संस्थाबाट सिए अथवा एसीसीए तह उत्तिर्ण गरेको शैक्षिक योग्यता हुुनुपर्ने जनाएको हो ।

इच्छुक उम्मेदवारले लघुवित्तको वेवसाईट www.forwardmfbank.com.np  मार्फत आवेदन दिन सकिने संस्थाले जनाएको छ ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.

This will close in 20 seconds