लघुवित्त न्यूज । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले देशव्यापी रुपमा हरितालिका तीजको अवसर पारेर आफ्ना सदस्यहरुलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । आइतबार संस्थाले सुदुरपश्चिम, बागमती र प्रदेश नं. १ मा महिला सदस्यहरुको सहभागितामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

 

एकै दिन चार स्थानमा भएको कार्यक्रमहरुमा सुदुर पश्चिमको कैलालीको ग्रिन एसियामा संस्थाका अध्यक्ष टेक बहादुर बोहराको प्रमुख आतिथ्यतामा होटल ग्रिन एसियामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका नायब कार्यकारी प्रमुख राजेन्द्र प्रसाद न्यौपानेले वित्तीय साक्षरताको बारेमा उपस्थितहरुलाई प्रशिक्षित गर्नुभएको थियो भने सुदुर पश्चिम प्रदेश प्रमुख स्वयम्भू श्रेष्ठले कार्यक्रम संचालन गर्नुभएको थियो । १३५ जनाको उपस्थिती रहेको कार्यक्रममा मेट लाइफ इन्स्योरेन्सका मार्केटिङ प्रमुख रितेन्द्र कार्कीले बीमा सम्बन्धी सहभागीहरुलाई जानकारी गराउनुभएको थियो ।

त्यसैगरी संस्थाले आजै बागमती प्रदेश अन्तर्गत चितवन जिल्लाका चार वटा शाखाहरुमा आवद्ध १५० जना सदस्यहरुको उपस्थितीमा भरतपुर स्थित कटेरो पार्टी प्यालेसमा कार्यक्रम गरेको छ । चितवनको आदर्श नारी विकास केन्द्रका अध्यक्ष एवं महिला अधिकारकर्मी मिना खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका बागमती प्रदेश प्रमुख राजेश श्रेष्ठले सहभागीहरुलाई वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षित गर्नुभएको थियो भने भरतपुर शाखाका शाखा प्रमुख सरस्वती तिवारीले कार्यक्रम संचालन गर्नुभएको हो ।

बागमती प्रदेश अन्तर्गत नै बनेपाको पार्टी भेन्यूमा पनि आजै भक्तपुर र काभ्रेका १२५ जना सदस्यहरुको उपस्थितीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । बनेपा शाखाका शाखा प्रमुख ललिता पौडेलले संचालन गरेको कार्यक्रममा संस्थाका सहायक कार्यकारी प्रमुख बिर्ख बहादुर बोहराले प्रमुख आतिथ्यता सँगै सहभागीहरुलाई वित्तीय साक्षरता सम्बन्धि प्रशिक्षित गराउनुभएको थियो भने विभागीय प्रमुखहरुको समेत उपस्थिती रहेको थियो । बागमती प्रदेशको कार्यक्रममा सन नेपाल लाइफ इन्स्योरेन्सले सहकार्य गरेको थियो ।

आइतबार नै प्रदेश नं. १ को चन्द्रगढीमा पनि संस्थाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । होटल आनी हेरिटेज प्लाजा भद्रपुरमा भएको कार्यक्रममा नगरपालिकाका उप मेयर राधा कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका संचालक संजय श्रेष्ठ, पुर्व संचालक दिप श्रेष्ठ, पुर्व कार्यकारी प्रमुख कुमार याक्सो, जनशक्ति विभाग प्रमुख लोमश भट्टराईले शुभकामना मन्तव्य दिनुभएको थियो । झण्डै २ सय जनाको सहभागी रहेको उक्त कार्यक्रममा सुर्यालाइफ इन्स्योरेन्सका बरिष्ठ नायब महाप्रबन्धक नरोत्तम ढकाल, कर्पोरेट मार्केटिङ प्रमुख अर्चना केसी लगायतको उपस्थिती रहेको थियो । प्रदेश नं. १ का प्रमुख सुरेश खड्काले संचालन गर्नुभएको उक्त कार्यक्रममा सहभागीहरुलाई वित्तीय जानकारी क्लष्टर प्रमुख बालकृष्ण घिमिरेले दिनुभएको थियो ।

 

हरितालिका तिजको पुर्व सन्ध्यामा संस्थाको सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम संचालन भएको हो । शनिबार संस्थाको मधेश प्रदेशमा प्रदेश प्रमुख रामकिशोर चौधरीको संयोजन तथा सहजीकरणमा २०० जना सहभागीहरुलाई कलैयाको दरबार होटलमा बीमा तथा वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षित गरेको थियो ।

शुक्रबार गण्डकी प्रदेशको नवलपुर कावासोती स्थित स्वस्तिक होटल एण्ड पार्टी भेन्यूमा १०० जना सदस्यहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो । आइएमई लाइफ इन्स्योरेन्सको सहकार्यमा भएको कार्यक्रममा प्रदेश प्रमुख राजेश श्रेष्ठले वित्तीय साक्षरता सम्बन्धी सहजिकरण गर्नुभएको थियो ।

त्यस्तै शुक्रबार नै लुम्बिनी प्रदेशको प्रादेशिक कार्यालय शिशैको संयोजनमा नवलपरासीस्थित गोपिगञ्जको होटल पिसफूलमा १२५ भन्दा बढीको सहभागितामा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा क्लष्टर प्रमुख ध्रुव भण्डारीले सहजीकरण गर्नुभएको थियो ।

हरितालिका तिजको पुर्व सन्ध्यामा मिर्मिरेले महिला दिदिबहिनीहरुलाई तिजको शुभकामना आदान प्रदान सँगै बीमा तथा वित्तीय साक्षरता सम्बन्धी फलदायी कार्यक्रम होस भन्ने अभिप्रायले कार्यक्रम गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर राज जोशीले जानकारी गराउनुभयो । संस्थाले यही १५ गते बुद्धज्योती लघुवित्तसँगको एकिकृत कारोबार सुरु गर्दैछ ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.