लघुवित्त न्यूज । कुनै पनि संस्थाहरुको स्थापनाको मुख्य उद्देश्य समुदायको उत्थान, चेतनामा वृद्धि, आर्थिक, सामाजिक विकास, सशक्तिकरण एवम् सबै प्रकारका विभेद र असमानताहरुको अन्त्य गदै समतामुलक सुन्दर र सभ्य समुदायको स्थापना गरी रोजगारी एवम् अवसरहरुको सिर्जना गर्ने रहेको हुन्छ । चेतना र विवेक भएका व्यक्तिहरु स्फुर्त रुपमा समुदायलाई निश्चित उद्देश्य र लक्ष्य प्राप्तीका लागी संगठित पार्दछन् ।

यसमा सरकार, समुदाय तथा निजी क्षेत्रहरुको ठुलो लगानी रहेको हुन्छ । यसमा विभिन्न सिप, ज्ञान र अनुभव भएका व्यक्तिहरु आबद्ध हुन्छन् । सरकारको सम्बन्धित निकायहरुमा दर्ता भई तोकिएका कामहरु र तोकिएका क्षेत्रहरुमा सरकारको अनुमति लिई निश्चित उद्देश्य प्राप्तिका लागि सञ्चालित हुन्छन् ।

आथिक दृष्टिकोणबाट नेपालमा पुरुषहरूभन्दा महिलाहरू निकै कमजोर छन् । उनीहरूको आयआर्जन पुरुषहरूको भन्दा कम छ भने बचत पनि निकै नै न्यून रहेको छ । सहरी क्षेत्रका भन्दा पनि गा्रमीण क्षेत्रका महिलाहरूको आयआर्जन धेरै कम छ । विगतमा सरकारले ग्रामीण महिलाहरूको उत्थानका लागि केही प्रयासहरू गरे पनि प्रभावकारी हुन सकेनन् । वास्तवमा सरकारले महिलाको आर्थिक विकासका लागि सञ्चालन गरेका कार्यक्रमहरू भन्दा लघुवित्त कार्यक्रमहरू तुलानात्मक रूपमा बढी प्रभावकारी भइरहेका छन् ।

लघु भनेको स–सानो र वित्त भनेको आर्थिक स्रोत अर्थात् पैसा को माध्यमबाट जीविकोपार्जनको लागि गरिने व्यवसाय जो लघुव्यवसायको रुपमा सञ्चालन भई स्वरोजगारी तथा समुह र समुदायका अन्य व्यक्तिहरुको समेत आर्थिक कमजोरीलाई हटाई आर्थिक क्रियाकलापसँग व्यवसायलाई जोड्ने माध्यमलाई लघुवित्तको रुपमा बुझ्न सकिन्छ । लघुवित्त सम्बन्धी देश, समुदाय र व्यक्ति अनुसार यसलाई विभिन्न तरिकाले परिभाषित गरिएको पाईन्छ । लघुवित्त शब्दको प्रयोग सर्वप्रथम बङ्गलादेशमा भएको हो ।

प्रो. डा. मोहम्मद युनुसले बङ्गलादेशमा सन् १९८३ मा ग्रामिण विकास बैंकको स्थापना गर्नुभयो । यसको मुख्य उद्देश्य गरिबहरुलाई ऋण प्रदान गरी उनीहरुको गरिबी हटाउनु थियो । उहाँले ७० को दशकमा बङ्गलादेशका माझी समुदायका महिलाहरुलाई आफ्नै सानो रकमबाट बाँसको झोला बनाउन ऋण दिनुभएको इतिहास छ ।

नेपालमा भने धेरैपछि मात्रै लघुवित्तको विकास भएको पाईन्छ । लघुवित्तको सुरुवात गर्ने श्रेय डा. हरिहरदेव पन्तलाई जान्छ जो त्यतिबेला नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर हुनुहुन्थ्यो ।

सुरुवाती अवस्थामा लघुकर्जा भनेर कार्यक्रम सुरु गरिएको थियो । पछि, लघुवित्त भन्न थालियो । सरकारी स्तरबाट ग्रामीण बैंक र निजी क्षेत्रबाट गैह्रसरकारी संस्थाहरुबाट सुरुवात भएको लघुवित्त कार्यक्रम पछि लघुवित्त विकास बैंक प्रवर्धन गरी सोही बैंक मार्फत कार्य सुरु गर्न थालियो ।

वि.सं. २०३१ सालमा नेपाल राष्ट्र बैंकले ५ प्रतिशत निक्षेपमा साना व्यवसाय लगानी गर्नुपर्ने व्यवस्था गर्यो । वि.सं. २०३६/३७ सालमा विश्व खाद्यकृषि सगंठनले कृषि विकास बैंकमार्फत साना किसान विकास आयोजना सुरुवात भयो । वि.सं. २०३८ सालमा नेपाल राष्ट्र बैंकको निर्देशनमा राष्ट्रिय बाणिज्य बैंकबाट सघन बैंकिङ कार्यक्रम सुरु भयो ।

वि. सं.२०३९ सालमा नेपाल सरकार महिला विकास विभागबाट ग्रामीण महिलाको लागि उत्पादन कर्जा परियोजन सुरु भयो । वि.सं. २०४७ सालदेखि विपन्न वर्गमा कुल कर्जाको ३ प्रतिशतमा कर्जा लगानी गर्ने व्यवस्था सुरु भयो । लघुवित्त एउटा आन्दोलनको रुपमा विकास र विस्तार हुनलाई २०४६ को प्रजातन्त्र पुनरबहाली कुर्नुपर्यो । वि.सं. २०४७ सालदेखि विपन्न वर्गमा कुल कर्जाको ३ प्रतिशतमा कर्जा लगानी गर्ने व्यवस्था सुरु भयो । वि.सं. २०४८ सालमा गैर सरकारी संस्था र निजी क्षेत्रबाट लघुवित्त कार्यक्रमको सुरुवात भयो ।

२०४९ सालमा नेपाल राष्ट्र बैंकको सक्रियता तथा नेपाल सरकार समेतको लगानीमा बंगलादेशको ग्रामिण बैंक वित्तीय प्रणाली अनुशरण गर्दे पूर्वाञ्चल ग्रामिण विकास बैंक र सुदूर पश्चिमाञ्चल ग्रामिण विकास बैंक स्थापना भए । त्यस लगत्तै वि.स २०५० सालमा गैरसरकारी संस्थाहरु निर्धन, सिएसडी, छिमेक लगायतका संस्थाहरुबाट लघुवित्त कार्यक्रम सञ्चालन सुरु भयो ।

वि.सं.२०११ सालमा बखान सहकारीको स्थापना र तत्पश्चात् क्रमशः विदेशी राष्ट्र तथा दातृ निकायको सहयोगमा विभिन्न नामका महिला र विपन्न लक्षित कार्यक्रमहरु सञ्चालन भएको पाईन्छ । वि.सं.२०४९ साल देखि विकास क्षेत्रगत ग्रामिण विकास बैकहरुको स्थापना पश्चात् आधिकारीक रुपमा सरकारी तवरबाटै लघुवित्त कार्यक्रम विस्तार भएको पाइन्छ ।

त्यसको साथसाथै सरकारी तवरवाटै मात्रै महिला सहभागिता कर्जा परिचालन, बचत संकलन र रोजगारी सिर्जना गर्न नसकिने महसुस गरी सरकारले पब्लिक लि., खुद्रा र थोक कर्जा प्रदायक (घ) वर्गमा विभाजन गरी कार्यक्रम सञ्चालनको लागि नीति ल्याएको र लघुवित्तहरुको विस्तार र विकास भएको पाईन्छ । हाल नेपालमा राष्ट्रिय, प्रादेशिक गरी ६५ वटा लघुवित्त तथा केही सहकारीहरुले समेत समुदायमा लघुवित्त कार्यक्रम सञ्चालन गरेको पाईन्छ । अहिले लघुवित्त क्षेत्रमा ६० लाखभन्दा बढी मानिसहरु आवद्ध छन् ।

लघुवित्त भनेको गरिबका लागि ऋण, बचतहरु र अन्य आधारभूत वित्तीय सेवाको वितरण हो । लघुवित्तहरूमा समावेश भएपछि ग्रामीण महिलाहरू आफ्ना विचार जनसमक्ष निर्धक्कसँग राख्न सक्ने भएका छन् । आजकाल ग्रामीण महिलाहरू आफ्ना गर्जो टार्न लघुवित्तहरूका भर पर्न थालेका छन । उनीहरू आत्मनिर्भर भएकाले आ–आफ्ना परिवारमा उनीहरूको सम्मान एवं हैसियत बढेको छ ।

लघुवित्तहरूको लक्ष्य नै कम आय भएका व्यक्तिलाई आत्मनिर्भर बनाउन कर्जा उपलब्ध गराउनु, बचत गर्न सिकाउनु र जोखिम न्यून गर्नु हो । यो लक्ष्य परिपूर्ति गर्न लघुवित्तहरूले मान्यता प्राप्त गरेका छन् । हाल ग्रामीण महिलाहरूको गरिबी निवारणका लागि लघुवित्तहरूले महत्वपूर्ण भूमिका खेलिरहेका छन् । हालसम्म यस सम्बन्धमा कुनै मूल्यांकन नगरिए पनि केही उपलब्धि भएको अनुमान छ ।

विगतका शताब्दीमा महिलाहरूको तुलनामा पुरुषहरूको लागि केही सुखद थियो । तर आज परिस्थिति बदलिइएको छ । त्यसैले पुरुषहरूलाई जस्तै महिलाहरूलाई संरक्षण दिन वित्तीय संस्थाहरूसम्बन्धी साक्षरता, सुरक्षा, बचत र ऋणका लागि लघुवित्तहरूले केही योगदान  पुर्‍याएका छन् । लघुवित्तहरूले खासगरी ग्रामीण महिलाहरूलाई बचत, कर्जा, बीमा र विपे्रषणका अतिरिक्त गैरवित्तीय सेवाहरूलगायत तालिम, सरसल्लाह र विभिन्न व्यवसाय सुरु गर्न सहज वातावरण बानाइदिने काम गरेका छन् । यति मात्र होइन, यिनीहरूले महिला सशक्तीकरणका लागि पनि थुप्रै काम गदै आएका छन् ।

लघुवित्तले महिला सशक्तिकरणमा धेरै ठूलो भुमिका खेलेको छ । हिजोको दिनमा महिला उपेक्षित थियो । आफ्ना कुराहरु भन्न डराउने महिला दिदीबहिनीहरु आज आफ्ना हक अधिकारका विषयमा लड्न सक्ने अवस्थामा छन् । यसरी आर्थिक, प्रशासनिक तथा नैतिक रुपमा उनीहरुलाई साक्षर गराउन लघुवित्त सफल भएको छ ।

लघुवित्त क्षेत्रका धेरै महिलाहरु स्थानीय निकायको प्रतिनिधि, मेयर, उपमेयर तथा संसदमा पुगेको धेरै छन् । सुरुमा महिलाहरु आफ्नो घरभन्दा बाहिर गएर बोल्न सक्ने अवस्थामा थिएनन् । उनीहरु समाजबाट बाहिर आउन सक्ने अवस्थामा पनि थिएनन् । त्यसपछि जब लघुवित्त वित्तीय संस्थाहरुले गाउँ–गाउँमा गएर महिला दिदीबहिनीहरुलाई कम्तीमा आफ्नो नामसम्म भएपनि लेख्न जान्नुपर्छ भन्ने कुरा लघुवित्तको माध्यमबाट सिकायो ।

त्यसपछि उनीहरुमा पनि साक्षरताको विस्तारै विकास हुँदै गयो । लघुवित्तले नेपाल सरकार तथा विभिन्न निकायसँग समन्वय गरेर प्रौढ शिक्षाका कार्यक्रम पनि सञ्चालन ग¥यो । त्यसपछि महिलाहरुमा अझ बढी वित्तिय चेतनाको वृद्धि भयो ।

कुनै बेला एक रुपैयाँ पनि बचत नभएको महिलाहरुको अहिले १ लाख सम्म बचत पुगेको छ । यसरी लघुवित्तले पुँजी निर्माण गर्नका लागि धेरै ठूलो सहयोग गरेको छ । त्यस्तै ऋण लिन तथा कारोबारहरु सञ्चालन गर्नबाट डराउने महिलाहरु आज कुनै व्यापार तथा व्यवसायहरु सञ्चालन गरी आप्mनो नाममा सम्पत्ति जोड्न सफल भएका छन् ।

यसरी महिलाहरु लघुवित्तको माध्यमबाट सामाजिक तथा आर्थिक रुपमा अगाडि बढेका छन् । लघुवित्तको सदस्यता लिएका दिदीबहिनीहरु गाउँ गाउँमा गएर हेर्ने हो भने अधिकांश मानिसहरु वडा अध्यक्ष, वडा सदस्य र उपमेयरको संख्या बढी रहेको छ ।

लघुवित्तको सहयोगबाट उद्यमशीलताको विकासमा ठुलो योगदान पुगेको छ । साना–साना उद्यमी बनाउने काम पनि लघुवित्तले गरेको छ । लघुवित्तले महिलाहरुलाई समुहमा काम गर्न सिकाएको छ । उनीहरुलाई आफ्ना विचारहरु राख्न साथै जबसम्म आफु आर्थिक रुपमा सबल हुदैन तबसम्म सामाजिक रुपमा पनि सबल हुन सक्दैन भन्ने कुराको बुझाइ उनीहरुमा सिर्जना भएको छ ।

आजभन्दा करिब १५ वर्षअघि ३५ प्रतिशतको हाराहारीमा नेपालमा गरिबीको रेखामुनि रहेको पाइन्छ । लघुवित्त वित्तीय संस्थाहरुले ग्रामीण तथा दुर्गम क्षेत्रका दुरदराजमा गएर समुहमार्फत बिना धितो कर्जा प्रवाह तथा बचत संकलन गर्ने कार्य गर्न थाले । विशेष गरी महिलाहरुलाई उद्यमशीलतामा प्राथमिकता दिन थाले । लघुवित्त वित्तीय संस्थाले धेरै सामाजिक तथा आर्थिक कामहरु गरे ।

फलस्वरुप अहिले गरिबीको रेखामुनि १८ प्रतिशतको हाराहारीमा झरेको छ । यसरी लघुवित्तले राष्ट्रको लागि पनि धेरै ठूलो सहयोग गरेको छ । पुँजीको अभाव, जग्गा जमिनको अभाव भएका महिलाहरुलाई उद्यमशीलतासम्बन्धी तालिमहरु प्रदान, आय आर्जनमा अग्रसर गराउने काम पनि लघुवित्तले गर्दै आएको छ ।

लघुवित्त वित्तीय संस्थाहरुले महिलाहरुलाई लघु उद्यमको माध्यमबाट उद्यमशीलताको विकासमा धेरै ठुलो योगदान पुर्‍याएको छ । त्यस्तै साहु महाजनहरुको चर्काे ब्याजदरमा कर्जा लिनुपरेको अवस्थामा लघुवित्तले बिना धितो कर्जा प्रवाह गरी आयस्तरमा वृद्धि गरी समग्र देशको गरिबी निवारणमा धेरै ठूलो सहयोग पुर्‍याएको छ ।

लघुवित्त वित्तीय संस्थाहरुको संख्या पछिल्लो समयमा मर्जर तथा एक्विजिसनका कारण घट्दो क्रममा रहेतापनि शाखा विस्तारको क्रम भने जारी नै रहेको छ । २०७८ असार मसान्तसम्ममा ७० वटा लघुवित्त वित्तीय संस्थाहरु रहेकोमा २०७९ असार मसान्तसम्ममा उक्त संख्या घटेर ६५ कायम भएको छ ।

६५ वटा लघुवित्त वित्तीय संस्थाहरु मध्ये ४ वटा थोक कर्जा प्रदायक संस्था रहेका छन् भने बाँकी ६१ वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्थाहरु रहेका छन् । लघुवित्त वित्तीय संस्थाहरुको शाखा संख्या २०७८ असारको तुलनामा २०७८ चैत मसान्तमा ८.६३ प्रतिशतले वृद्धि भई ५ हजार १ सय ३४ पुगेको छ ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.

This will close in 20 seconds