लघुवित्त न्यूज । मिर्मिरे र बुद्धज्योति लघुवित्तको एकीकृत कारोबार शुभारम्भ समारोह सम्पन्न भएको छ । बनेपा–८, पुलबजारमा केन्द्रिय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट रुपन्देहीको लुम्बिनी सांस्कृतिक वडा नं. ६ मा केन्द्रीय कार्यालय रहेको बुद्द ज्योति लघुवित्त वित्तीय संस्था लिमिटेड लाई प्राप्ति गरी ‘एकीकृत कारोबार शुभारम्भ समारोह’ सम्पन्न गरेको हो ।

मिर्मिरे लघुवित्तको केन्द्रीय कार्यालय बनेपामा रहेको सभा कक्षमा भाद्र १५ गते बुधबार बिहान १०ः४५ बजे मिर्मिरे लघुवित्तका संचालक समिति अध्यक्ष टेक बहादुर बोहराको सभाध्यक्षतामा भएको उक्त समारोहमा वित्तीय संस्थाका संचालक एवम् पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

दुई संस्थाबीच एकीकृत कारोबार गर्न यस अघि २०७९ भाद्र १२ गते नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र एवं स्वीकृति प्राप्त गरेको थियो । शुभारम्भ समारोहमा सभाध्यक्ष बोहराले पानसमा दिप प्रज्वलन गरि समुद्घाटन गर्नुभएको थियो भने मिर्मिरेका संचालक एवं मर्जर/एक्विजिसन समिति संयोजक सन्तोष फुयालले स्वागत मन्तब्य राख्नुभएको थियो । मन्तव्यको क्रममा फुयालले मिर्मिरेलाई अर्को एउटा थप सफलता मिलेको चर्चा गर्दै नेपालको लघुवित्त क्षेत्रमा मिर्मिरेको राम्रो छाप रहेको भनि खुशी व्यक्त गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा साबिक बुद्दज्योति लघुवित्त संस्थाको तर्फबाट संचालक शान्ता के.सी. कार्कीले शुभकामना मन्तव्य, मिर्मिरेको तर्फबाट संचालक प्रबिण भट्टराईले धन्यवाद ज्ञापन मन्तव्य र वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर राज जोशीले संस्थाको नेपाल राष्ट्र बैंकले लघुवित्त क्षेत्रलाई प्रदान गरेको कार्यदिशा र मिर्मिरेको भावी योजना सम्बन्धमा जानकारी मुलक मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा संचालक संजय श्रेष्ठ र संजु घिमिरेको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रमको अवसरमा बोल्दै वित्तीय संस्थाका अध्यक्ष बोहराले मिर्मिरेले विगतको कोभिड़–१९ को पहिलो र दोश्रो लकडाउनको समयमा समेत २ वटा संस्था प्राप्ति गर्ने कार्य सम्पन्न गरेको, जटिल परिस्थिति र अवस्थामा समेत मिर्मिरे पछि नहटेको बताउँदै हालको लघुवित्त क्षेत्रको विरोध गर्नेहरुको समेत परवाह नगरी अघि बढी रहेको त्यसको नकारात्मक प्रभाव संस्थाको कार्यक्रमा पर्न नदिन र वर्तमान तरलताको समस्याको समयमा संस्थालाई आत्मनिर्भरता तर्फ डो¥र्याउन आफ्नै वित्तीय श्रोत व्यवस्थापन गर्न र कर्जा गुणस्तर व्यवस्थापन तर्फ अभिमुख रहेको समेत जानकारी गराउनुभयो । वित्तीय संस्थाका कर्जा विभाग प्रमुख वेद प्रसाद आचार्यको उद्घोषण रहेको उक्त कार्यक्रममा वित्तीय संस्थाको आधिकारिक फेसबुक मार्फत प्रत्यक्ष प्रसारण समेत गरिएको थियो ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.

This will close in 20 seconds