लघुवित्त न्यूज । गोरखाको पालुङटार ९ घर भई हाल गोरखा नगरपालिका वडा नं ६ शक्तिचोकमा व्यवसाय गरी बस्ने जगतबहादुर आचार्यको बुहारी मोहन बहादुर आचार्यको श्रीमती सोविता आचार्य खत्री क्षेत्रीलाई आजभोलि एउटा सफल महिला उद्यमीको रुपमा चिन्न सकिन्छ ।

गोरखाको पालुङटारमा बिहे गरी गाउँबाट खाली हात गोरखाको सदरमुकामको शक्तिचोकमा आफुसँग पैसा नभएको अवस्था तथा घर परिवारबाट बिना सहयोग गाउँघरको सयकडा ३ का दरले ब्याज दिने गरी रु.५५ हजार बाट कस्मेटिक पसल सुरु गर्न थाल्नुभयो । पसलमा नाफा कमाउन पुँजीको आवश्यकता थियो र आफुसँग पर्याप्त पुँजीको अभावमा व्यवसायबाट सोचे अनुसारको प्रगति गर्न नसकेको कुरा उहाँ बताउनुहुन्छ ।

साथै श्रीमान पनि वैदेशिक रोजगारको लागि कतार जानु भयोे श्रीमान २ बर्ष बस्नु हुँदा पनि वैदेशिक रोजगारबाट परिवारको अवस्थामा कुनै परिवर्तन नआएपछि श्रीमानलाई पनि आउनुुस नेपालमा यही बसी केही गर्नुपर्छ भनि श्रीमानलाई नेपाल बोलाउनुभयो र श्रीमान बिदेशबाट आएर अरुको बस चलाएर श्रीमान, श्रीमती २ जना छोरी र १ छोरा गरी ५ जनाको परिवारलाई गुजारा चलाउने संघर्षको कार्य गर्दै कठिन जीवन बिताउँदै आउनुभएको तितो दुखेसो सुनाउनुहुन्छ ।

विस्तारै टोलमा लघुवित्त कार्यक्रममा सहभागी भई आफ्नो व्यवसायमा विस्तार गर्छु भनेर मनमा बिचार आयो र त्यो संघर्षमा सारथी बनेर साधना लघुवित्त वित्तीय संस्था सावित भयो । साधना लघुवित्तमा आबद्ध भएका दिदीहरुले गरेको परिवर्तनको अवस्था हेरेर उहाँलाई पनि साधनाको समुहमा बसि कर्जा लिई केही गरौ भनेर अठौट गरी साधना लघुवित्त वित्तीय संस्था शाखा कार्यालय हरमटारी, गोरखामा २०७४-०७-२७ गते आबद्ध भई कारोबार गर्न थाल्नुभयो ।

साधना लघुवित्त वित्तीयय संस्था लिमिटेडबाट बिना धितो प्रथम पटक साधारण कर्जा रु. १ लाख, त्यसपछि व्यवसायिक कर्जा रु.२ लाख, पुनः रु.२ लाख, त्यसपछि रु.२ लाख ५० हजार र हाल रु.३ लाख कर्जा लिई सो कर्जा कष्टमेटिक व्यवसायमा लगानी गरी व्यवसायलाई बिस्तार गरेर त्यही कर्जाबाट आफ्नो व्यवसायमा ठूलो मोड आएको उहाँ सम्झनुहुन्छ ।

पहिला कष्टमेटिक व्यवसाय भएपनि पूँजीको अभावमा व्यवसायमा पिकअप लिन सकेको थिएन र साधनाबाट प्राप्त गरेको साधारण कर्जा र व्यवसायिक कर्जाले नै व्यवसायमा ठूलो परिवर्तन भएको कुरा उहाँ बताउनुहुन्छ ।

पछि पुन: कर्जा लिँदै त्यही फेन्सी व्यवसायमा थप गर्दै फेन्सी व्यवसायलाई ठूलो बनाउँदै हाल सफल उद्यमीको रुपमा चिनिनुभएको छ । हाल उहाँले व्यवसायमा लगानी गर्दै मनग्य नाफा कमाएर बचत गर्दै र व्यवसाय र श्रीमानको आम्दानीबाट पहिला डेरा गरी बस्ने हाल गोरखा सदरमुकामको गोरखा नगरपालिका वडा नं ६ मा आफ्नो लागि पक्की घर बनाउन सफल हुनुभएको छ ।

त्यतिमात्र नभई उहाँले व्यवसायमा भएको लगानी र थप लघुवित्तबाट कर्जाको सहायताले निजको श्रीमानले हाल गोरखाबाट भच्चेक हुदै बारपार्क जाने सेकेण्ड ह्याण्ड लोकल बस खरीद गरी आफै बस चालक तथा आफै बस धनी बन्न सफल हुनुभएको छ । आफु मालिक भएपछि गर्व गर्दै भन्नु हुन्छ,“मालिक बनाउन साधनाको महत्वपुर्ण भुमिका रहेको छ ।” जीवनमा वैदेशिक रोजगारमा गरेको संघर्षले परिवारलाई केही गर्न नसकेको पिडा आज संघर्ष गर्दै व्यवसाय गर्दै फेन्सी व्यवशायको साथै बसधनी समेत बनेकोमा आफु साधना लघुवित प्रति भावुक हुँदै आभार तथा धन्यवाद प्रकट गर्नु हुन्छ ।

उहाँले पटक पटक गरेको संघर्षको सारथी बन्यो साधना लघुवित्त र बस चलाउदै साधनाको गीत पनि असाध्यै मन लगाएर सुन्नुहुन्छ । केही गर्न खोज्ने सीप भएको र केही उद्यम गर्न मन भएको व्यक्तिहरुको लागि लघुवित्त संस्थाले असाध्यै राम्रो काम गरिरहेको र यस किसिमको कार्य सरकारले आफै गर्नुपर्ने तथा सरकारले गर्न नसकेका कार्य लघुवित्त संस्थाहरुबाट हुँदै आएकोमा यस किसिमको लघुवित्त संस्था समाजमा आर्थिक क्रान्ति ल्याउन महत्वपूर्ण योगदान रहेको उहाँ बताउनुहुन्छ ।

अहिले उहाँको पसलमा १० लाखदेखि २० लाखसम्मको कष्टमेटिक तथा फेन्सीको सामानहरु रहेको छ । उहाँ अझै भन्नुहुन्छ,“म र मेरो जिबनमा लघुबित्तले गर्दा ठुलो सहयोग मिलेकोले साधना लघुबित्त बित्तिय संस्था प्रति तथा कर्मचारी प्रति पनि हार्दिक आभार, धन्यवाद तथा खुशी व्यक्त गर्दछु । हाल कही कतै लघुवित्त विरुद्धको आन्दोलन सुन्दा साह्रै मन दुख्ने गर्छ । किनभने कुनै पनि व्यक्तिले नागरिकताको भरमा २ लाख देखि ५ लाख जोकोहीलाई दिन सक्दैन तर लघुवित्त संस्थाले यो कार्य गर्दै आएको छ । नेपालमा म जस्ता संघर्ष गर्ने लाखौँ परिवार लघुवितको कारण स्वरोजगार बन्न सफल भएका छन् ।”

यसैगरी परिवार चलाउन, उद्यमी बन्न, बाबु नानीलाई पढाउन, समाजमा केही गरेर उदाहरण बन्नमा समेत लघुवित्त संस्थाको महत्वपुर्ण योगदान रहेकाले लघुवित्त संस्थालाई प्रवद्र्धन गर्न सरकार, समाज तथा सरोकारवालाहरुलाई हार्दिक अनुरोध गरी आफुलाई साधना लघुवित्तले सफल उद्यमी बनाउन महत्वपुर्ण भुमिका खेलेकोमा साधना परिवारप्रति धेरै-धेरै आभार तथा धन्यवाद तथा आगामी दिनको संघर्षमा पनि सारथी साधना लघुवित्त बनिरहोस् भनेर खुशी व्यक्त गर्नुहुन्छ ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.