लघुवित्त न्यूज । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा.चिरञ्जीवी नेपाल पाल्पाबाट चुनाव लड्ने हुनुभएको छ । उहाँ पाल्पा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको उम्मेदवारका लागि सिफारिस हुनुभएको हो ।

उहाँ चुनाव लड्ने भएसँगै यतिबेला राप्रपा र एमालेका कार्यकर्ताहरु समेत कांग्रेसमा प्रवेश गर्ने तयारीमा छन् । लामो समयदेखि एउटै अनुहाका व्यक्ति चुनावमा उठिरहँदा मतदान गर्न उत्सुक नभएका व्यक्ति पनि मतदानमा उत्सुकता देखाएका छन् ।

डा. नेपाल आर्थिक क्षेत्रमा सक्रिय भएको कारण कुनै पनि पार्टीमा आस्था नराख्ने स्वतन्त्र व्यक्तिमा समेत उत्साह जागेको छ । उहाँलाई पार्टीले उठाउँदा पाल्पामा नयाँ अनुहार पाउनेछ । राष्ट्र बैंकको गभर्नर हुँदा उहाँले वित्तीय क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

यस्तै पाल्पाको कृषि क्षेत्रको उद्यमशिलताको विकासका लागि पनि उहाँको महत्वपूर्ण योगदान रहेको छ । उहाँ पाल्पा तानसेनामा समेत केहि समय प्राध्यापन पेसामा संलग्न हुनुहुन्थ्यो । उहाँ पाल्पाबाट निर्वाचनमा उठ्ने हुनुभएसँगै विद्यार्थीहरुमा समेत उत्सुकता छाएको छ । अर्थतन्त्र बुझेको व्यक्ति भएका कारण पनि पाल्पाको विकासमा फड्को मार्ने अपेक्षा गरिएको छ ।

को हुन् डा. नेपाल ?

डा. चिरञ्जीवी नेपालको जन्म वि.स २०१९ सालमा पाल्पामा भएको थियो । उहाँले औपचारिक शिक्षा भने काठमाडौंमा लिनुभएको थियो । सन् १९९४ मा बनारस हिन्दु विश्वविद्यालयबाट श्रम र अर्थतन्त्रको सम्बन्धमा विद्यावारिधि गर्नुभएका नेपाल २८ वर्षदेखि प्राध्यापन पेसामा संलग्न हुनुभयो ।

उहाँले काठमाडौं विश्वविद्यालयका भिजिटिङ प्रोफेसर भएर ६ वर्ष बिताउनुभयो । त्यहाँ एमफिल र २३ जनालाई पिएचडिसमेत गराउनुभएको थियो । उहाँले २२ वर्ष त्रिभुवन विश्वविद्यालयमा अध्यापन गराउनुभयो । सुशिल कोईराला प्रधानमन्त्री हुँदा उहाँ आर्थिक सल्लाहकार बन्नुभएको थियो । सल्लाहकार रहेकै समयमा उहाँलाई नेपाल राष्ट्र बैंकको १६ औँ गभर्नर नियुक्त गरिएको थियो ।

राष्ट्र बैंकमा गभर्नर हुँदा डा. नेपालले बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धि गराउनुभएको थियो भने बिग मर्जरको आरम्भकर्ता पनि उहाँ नै हुनुहुन्छ । अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार, अर्थ शास्त्रीहरूको संगठन नेपाल आर्थिक संघका उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सका प्रमुख सल्लाहकार, आइटी पार्कको पहिलो प्रमुख, औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक, नेपाल धितोपत्र बोर्डका कार्यकारी अध्यक्ष र विश्व बैंकको स्कुल सपोर्ट कार्यक्रमको संयोजकका रुपमा समेत उहाँले काम गरिसक्नुभएको छ ।

उहाँले धितोपत्र बोर्डमा रहँदा पनि राम्रो काम गर्नुभएको थियो ।  यस्तै उहाँ मिलेनियम च्यालेन्ज कोअपरेसनका प्रमुख अर्थशास्त्री, २०३६ सालमा पाल्पा जिल्लामा नेविसंघको संस्थापक अध्यक्षका रुपमा समेत काम गर्नुभएको थियो ।

 ५ वर्ष गभर्नरको कार्यकाल पुरा गरेपछि नेपाल पछिल्लो समय पाल्पा क्षेत्र नम्बर २ को राजनीतिमा सक्रिय हुनुहुन्छ । उहाँ स्थानीय तह निर्वाचनमा पाल्पामा खटिनुभएको थियो ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.

This will close in 20 seconds