लघुवित्त न्यून ।  सरकारले विश्व बैंकबाट १४ करोड डलर (करिब १७ अर्ब ८६ करोड रुपैयाँ) ऋण लिने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यो रकम ग्रामीण भेगमा गुणस्तरीय डिजिटल ब्रोड ब्याण्ड सेवा बिस्तारमा खर्च हुने अर्थ मन्त्रालयले जनाएको छ ।

डिजिटल नेपाल फ्रेमवर्क सम्बन्धी कार्यक्रम विभिन्न कार्यक्रममा विश्व बैंकले दिएको पैसा खर्च हुने व्यवस्था चालु आर्थिक वर्षको बजेटमा गरिएको छ । मन्त्रिपरिषद्ले सहमति दिएकाले केही दिनभित्र १४ करोड डलर ऋण लिने सम्झौता हुनेछ । परियोजना सहयोग कार्यक्रमका लागि विश्व बैंकले ऋण दिएकाले सरकारी प्रणालीबाटै सबै रकम खर्च हुनेछ ।

विश्व बैंकले दिएको ऋणको वार्षिक ब्याज ०.७५ प्रतिशत तिर्नुपर्नेछ भने ३८ वर्षपछि साँवा चुक्ता गर्नुपर्ने ऋणमा शुरुको ६ वर्ष भने ब्याज तिर्न नपर्ने जनाइएको छ ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.