लघुवित्त न्यूज । नेपाल राष्ट्र बैंकले १ हजार दरका नोट छाप्न अन्तर्राष्ट्रिय टेन्डर (बोलपत्र) आह्वान गरेको छ। राष्ट्र बैंकले मङ्गलबार एक सूचना जारी गर्दै १ हजार दरका बोलपत्र आह्वान गरेको हो।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले १ हजार दरका कुल ४३० मिलियन अर्थात् ४३ करोड नोट छाप्ने प्रक्रिया बढाएको छ। बोलपत्रको सूचना प्रकाशन भएको मितिले ४६ औँ दिन दिउँसो १२ बजेभित्र प्रस्ताव पेस गर्न राष्ट्र बैंकले आह्वान गरेको छ । प्रस्ताव पेस गर्ने कम्पनीहरुले ४ करोड १५ लाख रुपैयाँ धरौटी राख्नुपर्ने हुन्छ।

राष्ट्र बैंकले यसअघि छनौट गरिसकेको १० वटा अन्तर्राष्ट्रिय कम्पनीले मात्र यस बोलपत्र प्रस्ताव पेस गर्न सक्नेछन्। गत वर्ष नै राष्ट्र बैंकले नोट छाप्नका लागि निवेदन पेस गरेकामध्ये १० वटा कम्पनीलाई योग्य रहेको भन्दै छनौट गरी सूची सार्वजनिक गरेको थियो। जसमा भारत, चीन, स्विट्जरल्यान्ड, कोरिया, रसिया, यूके, जर्मनी, फ्रान्स, ब्राजिल र स्विडेनका कम्पनीहरु छन्। ती १० कम्पनीमध्ये सबैभन्दा कम मूल्य नोट छाप्न बोलकबोल गर्ने कम्पनीलाई राष्ट्र बैंकले १ हजार दरका नोट छाप्ने जिम्मा दिनेछ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.