लघुवित्त न्यूज । नेपाल राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको छ। राष्ट्र बैंकले बुधबार एक सूचना प्रकाशित गर्दै लघुवित्तमा संचालकसहित अन्य कर्मचारीको मिलेमतोमा नक्कली ऋणी खडा गरी ठूलो रकम अनियमितता गरेको भन्दै केन्द्रीय बैंकले उक्त लघुवित्तलाई समस्याग्रस्त ठहर गरेको हो ।

तुलसीपुर दाङका केन्द्रीय कार्यालय रहेको संस्थाको २०७८ असोज मसान्तको वित्तीय विवरणको आधारमा गरिएको समष्टिगत स्थलगत निरीक्षण र त्यसपछि गरिएका विशेष निरीक्षणबाट उक्त संस्थामा अध्यक्ष तथा सदस्यहरु प्रत्यक्ष सम्मिलित भई संस्थाको हितविपरीत व्यक्तिगत लाभका लागि नक्कली ऋणी खडा गरी कर्जा प्रवाह गरी दुरुपयोग गरेकोले सुपर लघुवित्तलाई समस्याग्रस्त घोषणा गरिएको जनाइएको छ। राष्ट्र बैंकका अनुसार कम्पनीको प्राथमिक पुँजीकोष नै १०.३१ प्रतिशत ऋणात्मक भएको छ।

राष्ट्र बैंकले स्थलगत अनुगमनपछि संस्थाभित्र भइरहेको दुरुपयोग पत्ता लगाएको थियो। त्यसपछि राष्ट्र बैंकले गत वर्ष चैत २ गते बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारको कारबाही सम्बन्धी विनियमावली, २०७४ को विनिमय ३ को खण्ड (क), (ख) र (ग) बमोजिमको कारबाही गरी उक्त संस्थालाई नेपाल राष्ट्र बैंक ऐनअनुसार समस्याग्रस्त घोषणा गरिएको हो ।

साथै राष्ट्र बैंकको ऐन २०५८ को दफा ८६ ख बमोजिम संस्थालाई शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावलीअन्तर्गत समस्याग्रस्त घोषणा किन नगर्नेबारे स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो। तर, संस्थाले चित्तबुझ्दो स्पष्टीकरण पेस नगरेकोले समस्याग्रस्त घोषणा गरिएको राष्ट्र बैंकले स्पष्ट पारेको छ।

No description available.

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.