लघुवित्त न्युज । नेकपा एमाले सुनसरी क्षेत्र नं. ३ बाट भगवती चौधरीको एकल नाम सिफारिस भएको छ । प्रतिनिधिसभा क्षेत्र नं. ३ मा चौधरीको एकल नाम सिफारिस भएको हो । दुईपटकसम्म नेपाली कांग्रेसका विजयकुमार गच्छदारसँग पराजित हुनुभएकी उहाँ एमाले अध्यक्ष केपी शर्मा ओलीको निकट मानिनुहुन्छ ।

को हुन् चौधरी

नेपालको लघुवित्त क्षेत्रकी एक हस्ती हुनुुहुन्छ भगवती चौधरी । नेकपा एमालेकी नेतृ एवम् पूर्व राज्यमन्त्रीसमेत रहनुभएकी चौधरी वि.स २०२८ वैशाख २ गते सुनसरीमा जन्मिनुभएको थियो ।

राजनीतिक पृष्ठभूमिमा हुर्किनुभएकी भगवतीका हजुरबुवा कुमहरलाल चौधरी वडाध्यक्ष हुनुहुन्थ्यो भने बुबा डेमोक्रयाटिकका समर्थक हुनुहुन्थ्यो । जसले गर्दा उहाँलाई समाजसेवा र राजनीतिमा प्रवेश गर्न सहज भयो ।

मधेसी समुदायमा चौधरीको परिवार सामाजिक, आर्थिक रूपमा मजबुत थियो । सुनसरी तत्कालिन औराबनी गाविस ३ मा भगवती चौधरीका हजुरबुबा कुमहर लाल चौधरीलाई सबैलाई इज्जत गर्दथे । खेतीपातीले राम्रोसँग खान पुग्थ्यो । गाउँमा छोरीलाई विद्यालय पठाउनुहुन्न भन्ने सोचले चौधरी समाजमा जरा गाडेको थियो ।

उहाँका हजुरबुबा र बुवा विरन लालचौधरी र आमा लिटिया देवी थरुनी चौधरी आफ्ना सन्तानलाई उचित शिक्षा दिक्षा दिनुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । उहाँहरूको यो सपनालाई सामाजिक विभेदले रोक्न सकेन । भगवती चौधरीलाई विद्यालय पठाएर परिवारले एक किसिमले सामाजिक विद्रोह नै गरेका थियो ।

चौधरी समुदायमा छोरीलाई शिक्षा दिनुहुन्न भन्ने अन्धविश्वासले जरा गाडेको अवस्थामा पनि भगवतीले २०४४ सालमा गाउँकै सरस्वती उच्च माध्यमिक विद्यालय औरावनी सुनसरीबाट एसएलसी दिनुभयो । त्यसपछि उहाँले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरबाट उच्च शिक्षा हासिल गर्न थाल्नुभयो । चौधरी आफ्नो टोलमा क्याम्पस जाने पहिलो महिला समेत हुनुहुन्थ्यो ।

राजनीतिक यात्रा

महेन्द्र मोरङ क्याम्पसमा ०४६ सालको जनआन्दोलनमा भाग लिनुभएकी चौधरीले ०४८ सालमा पार्टीको सदस्यता लिनुभएको थियो ।
त्यसपछि उहाँ राजनीतिकै क्रममा पहिलो संविधानसभा २०६४ मा प्रतिनिधिसभा सदस्य बन्नुभयो । त्यसपछि वन तथा भू–संरक्षण मन्त्रालयको राज्यमन्त्री बनेर काम गर्ने अवसर पाउनुभयो ।

देशको मूल नीति नै राजनीति भएकाले यसैबाट धेरैभन्दा धेरै नागरिकको जीवनस्तर उकास्न सकिन्छ भन्ने उहाँको मान्यता रहेको थियो । जुन अहिले पनि कायम छ ।

राज्य कोषबाट लगानी गरेर देखिने गरी विकास निर्माण लगायतका काम गर्न सकिने भएकाले पनि उहाँले राजनीतिक यात्रा तय गर्नुभएको हो । एक व्यक्ति वा संस्थाले सिमित क्षेत्र अथवा परिवेशका लागि काम गर्न सक्छ, धेरैभन्दा धेरै नागरिकलाई लाभान्वित बनाउनका लागि राज्य कोषबाट नै खर्च गरेर मासबेसमा देखिने गरेर काम गर्न सकिने भएकाले राजनीतिक तर्फ उहाँको यात्रा अगाडि बढिरहेको छ । भगवतीका श्रीमान दिनेश चौधरीको २०६४ साल असार १२ गते सडक दुर्घटनामा मृत्यु भएको थियो । उहाँहरुका एक छोरा द्रव्य चौधरी हुनुहुन्छ ।

संघसंस्थामा पनि सक्रिय

भगवती चौधरी ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड) सुनसरीकी अध्यक्ष हुनुहुन्छ । यस्तै फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लि. सुनसरीको पनि अध्यक्ष हुनुहुन्छ । फरवार्ड बचत तथा ऋण सहकारी संस्था सुनसरीका संस्थापक अध्यक्ष, फरवार्ड इन्टरप्राइजेज सुनसरीको म्यानेजिङ डाइरेक्टर भएर काम गरिसक्नुभएको छ ।

सम्मान तथा पुरस्कार

उहाँको संघर्षको योगदान स्वारुप विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार पाइ सक्नुभएको छ । उहाँले संविधानसभा सदस्य पदक, २०६५ पाउनुभएको थियो ।

हजारौं महिलालाई उद्यमी बनाउन सफल

भगवती चौधरीले लघुवित्त क्षेत्रबाट हजारौं महिलालाई उद्यमशीलताको बाटोमा डोहो¥याउनु भएको छ । उहाँले लघुवित्तमार्फत ग्रामीण अर्थतन्त्र तथा माइक्रो लेवलको उद्यमशीलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

दुरदराजमा रहेको संघसंस्थाले पनि कुनाकाप्चामा रहेका विपन्न समुदायको घरपरिवार वा समुदायलाई वित्तीय पहुँच पु¥याउन फरवार्डको स्थापना भयो । जसले गर्दा हाल धेरै महिलाहरुलाई उद्यमशीलता बनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.

This will close in 20 seconds