लघुवित्त न्यूज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले देशको अर्थतन्त्र स्वस्थ नरहेको बताउनुभएको छ । कार्यभार सम्हालेको ५ महिनाको अवधिमा गरेको कार्य सार्वजनिक गर्दै मन्त्री बडूले देशको अर्थतन्त्र विविध कारणले गर्दा समस्या आएको बताउनुभयो ।

मन्त्री बडूले कोरोना र रूस युक्रेनबीचको द्वन्द्वले गर्दा उद्योगहरू शिथिल बनाएको बताउनुभयो । पछिल्लो समय आयात उच्च बढेको छ भने निर्यात अपेक्षाअनुसार हुन नसकेको उहाँले बताउनुभयो ।

त्यसैले सरकारले चालु आर्थिक वर्षमा उत्पादनलाई जोड दिनका लागि विभिन्न कार्य अगाडि बढाएको उहाँको भनाइ छ ।
त्यस्तै, सरकारले यो वर्षदेखि बन्द भएका रूग्ण उद्योग सञ्चालनका लागि आवश्यक ऐन, कानुन, कार्यविधि , नियमावलीको कार्य अगाडि बढाएको उहाँले बताउनुभयो ।

सरकारले उत्पादन बढाउनका लागि सुस्त गतिमा चलेका उद्योग पूर्णरूपमा सञ्चालन गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.

This will close in 20 seconds