लघुवित्त न्यूज । विश्वभर नै गरिबी निवारणको लागि लघुवित्त कम्पनीहरुले प्रभावकारी भूमिका खेल्दै आएका छन् । नेपालमा पनि लघुवित्त संस्थाहरु सशक्त रुपमा स्थापित भइसकेका छन् । वित्तीय सेवा विपन्न वर्गको घरदैलोसम्म पुर्याउनका लागि लघुवित्त कम्पनीहरुको अग्रणी भूमिका रहेको छ । ग्रामीण क्षेत्रमा बसोबास गरिरहेका तथा आर्थिक र सामाजिक दृष्टिकोणले कमजोर तथा विपन्न तहका महिलाहरुको आर्थिक तथा सामाजिक विकासलाई परिलक्षित गरी नेपालमा करिब ३ दशक अघिदेखि चितवनबाट लघुवित्त कार्यक्रमको सुरुवात भएको थियो । हाल नेपालमा ४१ वटा लघुवित्त विकास बैंकहरु, २५ वटा गैर सरकारी संस्थाहरु, १ सय ५० वटा सहकारी संस्था सञ्चालनमा छन् । नेपालमा करिब १८ लाख परिवारले लघुवित्त सेवा लिइरहेका छन् । यीमध्ये अधिकांश महिलाहरु छन् । लघुवित्तबाट ऋण लिएर धेरै महिलाहरु आत्मनिर्भर बनिसकेका छन् । यसै विषयलाई मध्यनजर गर्दै लघुवित्त कम्पनीहरुबाट ऋण लिएर समृद्ध बनेका केही महिला उद्यमीहरुको सफलताको कथालाई समेटेर लघुवित्त न्यूज डटकमले तयार पारेको सामग्री यहाँ प्रस्तुत गरिन्छ :

सोविता आचार्य


गोरखाको पालुङटार ९ घर भई हाल गोरखा नगरपालिका वडा नं ६ शक्तिचोकमा व्यवसाय गरी बस्ने जगतबहादुर आचार्यको बुहारी मोहन बहादुर आचार्यको श्रीमती सोविता आचार्य खत्री क्षेत्रीलाई आजभोलि एउटा सफल महिला उद्यमीको रुपमा चिन्न सकिन्छ ।

गोरखाको पालुङटारमा बिहे गरी गाउँबाट खाली हात गोरखाको सदरमुकामको शक्तिचोकमा आफुसँग पैसा नभएको अवस्था तथा घर परिवारबाट बिना सहयोग गाउँघरको सयकडा ३ का दरले ब्याज दिने गरी रु.५५ हजारबाट कस्मेटिक पसल सुरु गर्न थाल्नुभयो । पसलमा नाफा कमाउन पुँजीको आवश्यकता थियो र आफुसँग पर्याप्त पुँजीको अभावमा व्यवसायबाट सोचे अनुसारको प्रगति गर्न नसकेको कुरा उहाँ बताउनुहुन्छ ।

साथै श्रीमान पनि वैदेशिक रोजगारको लागि कतार जानु भयोे श्रीमान २ बर्ष बस्नु हुँदा पनि वैदेशिक रोजगारबाट परिवारको अवस्थामा कुनै परिवर्तन नआएपछि श्रीमानलाई पनि आउनुुस नेपालमा यही बसी केही गर्नुपर्छ भनि श्रीमानलाई नेपाल बोलाउनुभयो र श्रीमान बिदेशबाट आएर अरुको बस चलाएर श्रीमान, श्रीमती २ जना छोरी र १ छोरा गरी ५ जनाको परिवारलाई गुजारा चलाउने संघर्षको कार्य गर्दै कठिन जीवन बिताउँदै आउनुभएको तितो दुखेसो सुनाउनुहुन्छ ।

विस्तारै टोलमा लघुवित्त कार्यक्रममा सहभागी भई आफ्नो व्यवसायमा विस्तार गर्छु भनेर मनमा बिचार आयो र त्यो संघर्षमा सारथी बनेर साधना लघुवित्त वित्तीय संस्था सावित भयो । साधना लघुवित्तमा आबद्ध भएका दिदीहरुले गरेको परिवर्तनको अवस्था हेरेर उहाँलाई पनि साधनाको समुहमा बसि कर्जा लिई केही गरौ भनेर अठौट गरी साधना लघुवित्त वित्तीय संस्था शाखा कार्यालय हरमटारी, गोरखामा २०७४/०७/२७ गते आबद्ध भई कारोबार गर्न थाल्नुभयो ।

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडबाट बिना धितो प्रथम पटक साधारण कर्जा रु.१ लाख, त्यसपछि व्यवसायिक कर्जा रु.२ लाख, पुनः रु.२ लाख, त्यसपछि रु.२ लाख ५० हजार र हाल रु.३ लाख कर्जा लिई सो कर्जा कष्टमेटिक व्यवसायमा लगानी गरी व्यवसायलाई बिस्तार गरेर त्यही कर्जाबाट आफ्नो व्यवसायमा ठूलो मोड आएको उहाँ सम्झनुहुन्छ ।
पहिला कष्टमेटिक व्यवसाय भएपनि पूँजीको अभावमा व्यवसायमा पिकअप लिन सकेको थिएन र साधनाबाट प्राप्त गरेको साधारण कर्जा र व्यवसायिक कर्जाले नै व्यवसायमा ठूलो परिवर्तन भएको कुरा उहाँ बताउनुहुन्छ ।
पछि पुन: कर्जा लिँदै त्यही फेन्सी व्यवसायमा थप गर्दै फेन्सी व्यवसायलाई ठूलो बनाउँदै हाल सफल उद्यमीको रुपमा चिनिनुभएको छ । हाल उहाँले व्यवसायमा लगानी गर्दै मनग्य नाफा कमाएर बचत गर्दै र व्यवसाय र श्रीमानको आम्दानीबाट पहिला डेरा गरी बस्ने हाल गोरखा सदरमुकामको गोरखा नगरपालिका वडा नं ६ मा आफ्नो लागि पक्की घर बनाउन सफल हुनुभएको छ ।

त्यतिमात्र नभई उहाँले व्यवसायमा भएको लगानी र थप लघुवित्तबाट कर्जाको सहायताले निजको श्रीमानले हाल गोरखाबाट भच्चेक हुदै बारपार्क जाने सेकेण्ड ह्याण्ड लोकल बस खरीद गरी आफै बस चालक तथा आफै बस धनी बन्न सफल हुनुभएको छ । आफु मालिक भएपछि गर्व गर्दै भन्नु हुन्छ,“मालिक बनाउन साधनाको महत्वपुर्ण भुमिका रहेको छ ।” जीवनमा वैदेशिक रोजगारमा गरेको संघर्षले परिवारलाई केही गर्न नसकेको पिडा आज संघर्ष गर्दै व्यवसाय गर्दै फेन्सी व्यवशायको साथै बस धनी समेत बनेकोमा आफु साधना लघुवित प्रति भावुक हुँदै आभार तथा धन्यवाद प्रकट गर्नु हुन्छ ।

उहाँले पटक पटक गरेको संघर्षको सारथी बन्यो साधना लघुवित्त र बस चलाउदै साधनाको गीत पनि असाध्यै मन लगाएर सुन्नुहुन्छ । केही गर्न खोज्ने सीप भएको र केही उद्यम गर्न मन भएको व्यक्तिहरुको लागि लघुवित्त संस्थाले असाध्यै राम्रो काम गरिरहेको र यस किसिमको कार्य सरकारले आफै गर्नुपर्ने तथा सरकारले गर्न नसकेका कार्य लघुवित्त संस्थाहरुबाट हुँदै आएकोमा यस किसिमको लघुवित्त संस्था समाजमा आर्थिक क्रान्ति ल्याउन महत्वपूर्ण योगदान रहेको उहाँ बताउनुहुन्छ ।
अहिले उहाँको पसलमा १० लाखदेखि २० लाखसम्मको कष्टमेटिक तथा फेन्सीको सामानहरु रहेको छ । उहाँ अझै भन्नुहुन्छ,“म र मेरो जिबनमा लघुबित्तले गर्दा ठुलो सहयोग मिलेकोले साधना लघुवित्त वित्तिय संस्था प्रति तथा कर्मचारी प्रति पनि हार्दिक आभार, धन्यवाद तथा खुशी व्यक्त गर्दछु । हाल कही कतै लघुवित्त विरुद्धको आन्दोलन सुन्दा साह्रै मन दुख्ने गर्छ । किनभने कुनै पनि व्यक्तिले नागरिकताको भरमा २ लाख देखि ५ लाख जोकोहीलाई दिन सक्दैन तर लघुवित्त संस्थाले यो कार्य गर्दै आएको छ । नेपालमा म जस्ता संघर्ष गर्ने लाखौँ परिवार लघुवितको कारण स्वरोजगार बन्न सफल भएका छन् ।”

यसैगरी परिवार चलाउन, उद्यमी बन्न, बाबु नानीलाई पढाउन, समाजमा केही गरेर उदाहरण बन्नमा समेत लघुवित्त संस्थाको महत्वपुर्ण योगदान रहेकाले लघुवित्त संस्थालाई प्रवद्र्धन गर्न सरकार, समाज तथा सरोकारवालाहरुलाई हार्दिक अनुरोध गरी आफुलाई साधना लघुवित्तले सफल उद्यमी बनाउन महत्वपुर्ण भुमिका खेलेकोमा साधना परिवारप्रति धेरै धेरै आभार तथा धन्यवाद तथा आगामी दिनको संघर्षमा पनि सारथी साधना लघुवित्त बनिरहोस् भनेर खुशी व्यक्त गर्नुहुन्छ ।

देवि विष्ट


रोल्पा जिल्लाको मिझिङ–९ मिझिङ गाउँमा महरा परिवारमा जन्मिएकी हुन देवि विष्ट । वि.सं. २०३९ साल मंसिर १५ गते बाबु चन्द्र बहादुर महरा र आमा सन्तमाया महराको कोखबाट जन्मिएकी हुन् उनी । धेरै टाढाको केटो अनिल विष्ट सँग वि.सं.२०५७ साल भाद्र १८ गते विवाह गरेकी उनको हाल १ छोरी १९ वर्षकी र १ छोरा १३ वर्षको छ ।

श्रीमान घर निर्माण सम्बन्धी काम गर्ने र परापुर्वकाल देखि नै पशु पालन गर्दै आएकी उनका जीविका जेनतेन चलिरहकै थियो तर केही समय अगाडि श्रीमानको मृत्यु पश्चात् दुइ छोराछोरीको लालनपालन र दैनिक गुजारा चलाउन निकै गाह्रो भएको स्मरण गर्छिन् ,तर हाल परम्परागत रुपमा गर्दै आइरहेको पेशालाई केही भएपनि व्यावसायीक रुपमा अगाडि बढाउन आर्थिक लगानी गर्न साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले गरेको सहयोगले नै आजको दिन हिजोको जस्तो नरहेको बताउँछिन । साथै दुःखको समयमा साधना लघुवित्तले काज किरीया खर्च लगायत सहुलियत दरमा लगानी गरेको रकमले आज आफ्नै व्यवशाय संचालनमा सहजता भएको छ ।
हिजोको दिनमा पर्याप्त मात्रामा लगानी गर्ने रकम नहँुदा व्यवसायीक रुपमा व्यवसायलाई वृद्घि गर्ने आफ्नो क्षमताले नसक्ने भएकी उनी वित्तीय संस्थाको सहयोगले ७ वटा गाई पालन गरी किराना पसल र खाजा पसल समेत संचालन गदै आएकी छिन् । त्यसमा उनकी छोरीले साथ दिँदै आएकी छिन् । सामान्य रुपमा परापुर्वकाल देखि संचालन गदै आएको कृषि पेसा हाल आम्दानीको मख्ुय स्रोत बनेको छ । सुरुवातको समयमा लगानी योग्य रकमको अभावमा एउटा गाईमात्र पालन गरी व्यवस्थित रुपमा अगाडि बढ्न निकै अप्ठ्यारा स्थिति आईपरेको, गाउँ घरमा कुनै पनि व्यक्तिले सजिलै कर्जा नपत्याई हाल्ने र बैक वित्तीय संस्थाको पहुँच पनि नभएको अवस्थाबाट गुर्जेका अप्ठ्यारा दिनहरुको बारेमा सम्झ्न्छिन् उनी ।
काठमाडौ सितापाइला बाट निकै नजिकको बस्ती भएता पनि लघुवित्त कार्यक्रम नपुगेका उनको गाउँमा आज भन्दा २ वर्ष अगाडि साधना लघुवित्त वित्तीय संस्था लिमिटेड, नागार्जुन शाखाका कर्मचारीले गाउँका दिदी बहिनीहरुसँग छलफल तथा भेला भएर समुहमा आबद्ध गराई बचत गरेको उनी सम्झिन्छन् ।
सुरुवाती दिनमा कर्जा लिन असहज लाग्ने उनी अप्ठ्यारो परिस्थितीले ७५ हजार बिना धितो कर्जा लिई उक्त कर्जाले १ वटा गाई किनेर गाईबाट दैनिक ९ लिटर दुध बेच्न सुरु गरिन् । साधना लघुवित्त वित्तीय संस्था लि.बाट ब्याजदर छुटमा सुलभ कर्जा लिएकी उनले कर्जाको सही सदुपयोगिता गरकोले धेरै पटक बिना धितो कर्जा पाई लगानी गरी राम्रो आम्दानी गर्दै आएकी छिन् र हाल ७ वटा गाई रहेको र फुर्सदको समयमा उनले सानो खाजा घर पनि संचालन गर्दै आएकी छिन् । व्यवसायमा उनले रेखदेख गर्ने, हर हिसाब राख्ने र कामदारहरुलाई काममा लगाउने हँुदा उनका श्रीमान् ठेक्कापट्टा समेत गर्न लागेको छ ।

अहिले उनको गाई पालन व्यवशायमा छोरा ,छोरीले पनि सहयोग गर्ने गरेको बताउँछिन् । हाल उनले धेरै खर्च नहुने र खुसी रहेको प्रष्टाइन् । पुर्खौ देखीको बासस्थान भएता पनि घर बनाउने थोरै जग्गा भन्दा अरु केही नभएको उनी केही जग्गा जमिन जोडी छोरा छोरीहरुलाई समेत राम्रो कलेज ,स्कुलमा पढाउन पाउँदा खुसी रहेको बताउँछिन् । तर हाल उनी दुध व्यवसाय र सानो खाजा घरबाट सन्तुष्ट रहेता पनि प्रतिस्पर्धा उच्च रहेकोले नाफा पहिल्यै जति नरहेको गुनासो पोख्छिन् ।

पुष्पा दुरा


पर्यटकीय स्थल लमजुङको सुन्दरबजार नगरपालिका वाड नं.११ स्थित तुर्लङकोटमा चिटिक्क परेको र्बादलीसहितको एउटा घर र घर अगाडि धान कुट्ने मेसीन छ ।
यो घर अरु कसैको नभई पुष्पा दुराको हो । उनी अहिले आफ्नो परिवारसहित व्यवसायीक रुपमा बंगुरपालन र धान कुट्ने मेसिन संचालन गरेर बसेकी छन् ।
उनले मासिक रुपमा मनग्य आम्दानी पनि गछिन् तर हिजोका दिन सम्झेर उनी आँखाभरी आँशु देखाउँदै भन्छिन्, ‘मलाई हिजोको कष्टपुर्ण अवस्थाबाट आज यो अवस्थामा आउनमा ग्लोबल आईएमई लघुवित्त र यसमा कार्यरत कर्मचारीको ठुलो हात छ ।’
मिति २०५० साल असोज महिनाको ७ गते मध्य नेपाल ९ लमजुङमा बुबा रामसुब्बा दुरा र आमा सुनमाया दुराको कोखबाट तेस्रो सन्तानको रुपमा जन्मभएकी पुष्पाले कक्षा ६ सम्म मात्र औपचारिक शिक्षा पाएकी छिन् ।
सानै उमेरमा विवाह बन्धनमा बाँधिएकी पुष्पा दुराको सुरुवाती पारिवारिक आर्थिक अवस्था एकदमै कमजोर थियो, जसोतसो गुजरा त चल्थ्यो तर उनलाई भविश्यको चिन्ताले सताउन थाल्यो । भविष्यलाई उज्यालो बनाउन त यसै हात बाँधेर त हुँदैन भनेर उनको परीवारमा छलफल चल्यो । हातमा सीप अनि शिक्षा नभएकाले सजिलै काम पाउने कुरै थिएन । वरिपरी छरछिमेक साथी भाई र आफन्तबाट सहयोग माग्दा नपाएको कुरा भावुक हुँदै उनी सम्झन्छिन् ।
धनसम्पती बिना यो संसारमा बाँच्न कति गाह्रो छ । पैसा नहुँदा नाता गोता, साथीसंगी कोही काम नलाग्ने रहेछ । मनमा चिन्तासँगै केही गरौं भन्ने इच्छा भने उनको मनमा रहिरह्यो ।

‘चोखो मनले चिताएको कुरा भगवानले पुर्याउँछ’ भनेझैँ भयो पुष्पाको जीवनमा पनि । २०७१ साल चैत महिनाको एक दिन छिमेकी दिदीले ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको बारेमा सुनाइन् । व्यवसाय गर्न कर्जा पाउने र किस्ता किस्तामा तिर्न मिल्ने कुरा सुनेपछि पुष्पा निकै खुशी भइन् ।

नजिकैका दिदिबहिनी मिलेर संस्थाको चन्द्रेश्वर शाखाको सदस्य हुने निर्णय गरे र केहीदिनको समुह पूर्व तालिमपश्चात सदस्यता लिएर पहिलो पटक रु.४०, ००० कर्जा लिई बंगुरपालन सुरु गरिन् ।
बंगुरपालनमा आम्दानी राम्रो भएपछि काममा हौसला बढ्यो र पुनः दोस्रो पटक कर्जा लिएर सोही व्यबसायमा लगाइन् ।
दुवै पटकको कर्जाबाट राम्रो आम्दानी भएपछि झन् व्यवसायप्रतिको जाँगर बढ्यो अनि व्यवसाय विविधिकरण गर्ने उद्देश्यले तेस्रो पटकमा रु.२,००,००० कर्जा लिएर धान कुट्ने मेसिन लिई श्रीमानलाई सोही व्यवसायमा लगाइन् ।

दुवै व्यवसायबाट फाइदा भएपछि चौथो पटक कर्जा रु.७,००,००० लिएर बंगुरपालन ब्यवसायालाई अझ बढाइन् । हाल उनको घर नजिकै ५ रोपनीजग्गामा साना ठुला गरी ३५ बटा बंगुर छन् । विगत ७ वर्षदेखि पटक–पटक गरी ८ पटक कर्जा लिएर व्यवसायमा कर्जाको सदुपयोग गरी अहिले यो अवस्थासम्म ल्याउन सफल भएकी छन् ।
मेरो परिश्रम देखेर मलाई आवश्यक परेको बखत कर्जा दिएर ग्लोबल आइएमईले यो व्यवसायको मालिक बनाउन ठुलो सहयोग गरेको छ भनी उनी खुसी छिन् भने ‘छोरालाई समेत काठमाडौंको राम्रो विद्यालयमा पढाउन पाएकाले वित्तीय संस्थाले लगाएको गुन म कहिल्यै बिर्सने छैन’ उनी भन्छिन् ।

उनी आफु मात्र उद्यमी भएकी छैनन् श्रीमानलाई समेत रोजगारी बनाउन धान कुट्ने मेसिन राख्न पाएकोमा अहिले मुहारमा खुशीको छाएको छ ।

हामीलाई ग्लोबल आइएमई लघुवित्त व्त्तिीय संस्थाले विपन्नबाट सम्पन्न बनाउन ठुलो सहयोग गरेको छ । उनको श्रीमान समेत दंग परेका छन् ।

हाल परिवारका सबै सदस्य मिलेर ब्यवसाय गरिरहेको र मासिक आम्दानी रु.६०, ००० देखि ७०, ००० हुने गरेको जानकारी गराउँदै भर्खरै घर नजिकै एउट फर्निचर पनि खोलेको र त्यसमा करिब ४ जनालाई रोजगारी समेत दिइएको कुरा समेत उनले बताए ।
साथै, यो सफलतामा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले ठुलो सहयोग गरेकोले हृदयदेखि नै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र त्यसमा कार्यरत कर्मचारीहरुलाई धन्यवाद दिँदै संस्थालाई कहिल्यै नबिर्सने प्रतिबद्धता व्यक्त गर्दछन् ।

आशा कुमारी चौधरी

समाजले त एकछाक मासुका लागि पनि पत्याएन कर्जा । महिला, त्यसमाथि विपन्न वर्ग । शिक्षा पनि छैन तालिम पनि छैन । तर हिम्मतले बनायो सबैजनाले तारिफ गर्ने पात्र । उनको नाम हो आशा कुमारी चौधरी । सुनसरी जिल्लाको गढी गाउँपालिका । यसै ठाउँमा उनको कर्म हेर्न धेरै मानिसको लस्कर लाग्छ । उनले उत्पादन गरेको तरकारी किन्नका लागि समय पर्खनेहरु पनि उत्तिकै भेटिन्छन् यहाँ । पैसा भएर होइन, अरु कसैले गरेको देखेर पनि होइन । न त कसैले हौसला नै दिएर हो । हो त केवल कर्मको बाटो रोजेर । काम गर्ने अठोट बोकेपछि मेरो माइक्रोफाइनान्सले आशा कुमारीलाई विश्वास गर्यो । अनि सुरु भयो कर्जाबाट उनको व्यबसाय । उनले आफूजस्तै अरु महिलालाई समुहमा ढालीन् अनि सुरु गरिन् एउटा व्यबसायीक कार्य । २७ जनाको समुहले रोजगारी पाएका छन् यहाँ । अहिले आफ्नै कर्मबाट आफै दंग छिन् आशा कुमारी चौधरी । आफ्नै पौरखबाट जोडिएका छन् कृषिजन्य औजारहरु, ट्याक्टरहरु । एकजनाको भागमा बार्षिक करिब ५ लाख रुपैयाँ हात पर्नेगरी पाएको सफलताले भनिरहेको छ – संगठीत भएर काम गर्न सके पैसासँगै खुसी बटुल्न कहीँपनि जानु पर्दैन ।

सीता खातुन
‘सुरुमा त कहाँ ठुलो हुनु, पैसै थिएन’, पहिलो भेटमा लज्जाउँदै सीता खातुनले यही भनिन् । ८/१० हजार जोहो गरेर सुरु गरेको सिलाई बुनाइले अहिले त मालिक बनायो एउटा गार्मेन्ट व्यबसायको । थोरैबाट सुरु गरेको कर्ममा स्वावलम्बन लघुवित्त वित्तिय संस्थाले ५० हजार कर्जा दिएपछि हौसलासँगै व्यबसाय बढ्यो । मनभरी लाग्दै थियो जसरी पनि ऋण तिर्नैपर्छ र आफैले केही गर्नैपर्छ । सबै व्यथा र पीडा विर्सिएर कर्ममा होमएिपछि सीता खातुनका पाइलाहरु अघि बढ्दै गए । आज आज भोलि भोलि व्यबसायको विस्तारले एउटा उद्यमी बन्न समय नै लागेन । आफ्नै कर्मले घर बनेको छ । आफ्नै घरमा उद्योग खुलेको छ । २० जनाले रोजगार पाएका छन् । मासिक कम्तिमा लाख रुपैयाँ आम्दानी हुन्छ । सामान उत्पादन गर्ने र बिक्री गर्ने दैनिकिले व्यस्त बनाएको छ । यही व्यस्तता र यही कर्मभित्र परिवारका सदस्य पनि खुसीले गदगद भएका छन् । समाजै उज्यालो बनाउने यी महिलाको घरायसी त्यो सिलाई बुनाई अहिले गार्मेन्ट उद्योग बनेको देख्दा लाग्छ समृद्धिको रेखा कोर्न मेहनत चाहिन्छ, लगाव चाहिन्छ जाँगर अनि हिम्मत चाहिन्छ ।

गगन माया गुरुङ्ग

रत्ननगर नगरपालिका १ पसौनी गाउँकी ३९ वर्षिया गगन माया गुरुङ्ग एक सफल कृषक हुन् । उनले १६ कठ्ठा जग्गा भाडामा लिई ३२ वटा टनेलमा च्याउ खेती गरेकी छिन् । व्यवसायमा ५ जना महिला र १० जना पुरुष गरी १६ जना कामदारहरुलाई रोजगारी समेत दिएकी छिन् ।

वि.सं. २०३६ बैशाख १७ गते गोरखा जिल्लाको भुम्लीचोक ३ मा उनको जन्म भएको हो । सामान्य परिवारमा जन्मिएकोले उनको वाल्यकाल दुःखमा बितेको उनी बताउँछिन् । उनी घरकी जेठी छोरी भएकोले आमा बाबुलाई खेतीतातीको काममा सघाउने गर्थिन् । घरको आर्थिक अवस्थाको कारण उनले पढ्न लेख्न पनइनन् । उनको विवाह वि.सं. २०५४ मा गोरखा जिल्लाको ताङ्लीचोक गाउँपालिका ६ निवासी रामबहादुर गुरुङ्गसँग भएको थियो । विवाह पश्चात उनले २ वटा छोरीलाई जन्म दिईन् । ४ जनाको परिवारलाई पालन पोषण गर्न निकै धौ धौ परेको उनी बताउँछिन् । त्यसपछि घरखर्च टार्नको लागि उनले पतिलाई विदेश पठाएपछि घरको अवस्था राम्रो हुँदै गएको उनले बताइन् । पतिको विदेशको कमाइइले वि.सं. २०६२ मा उनले रत्ननगर १० टाँडीमा १० धुर जग्गा किनेर घर बनाइन् ।

वि.सं. २०७१ मा उनको पतिले दोस्रो विवाह गरे । पतिबाट अलग भएर बस्न थालेपछि आर्थिक समस्या परेको उनले सुनाइन् । त्यही समयमा उनलाई पसौनी महिला समाजकी सदस्य कोपिला खड्काले निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिएर व्यवसाय गर्न सल्लाह दिएको उनी सम्झन्छिन् । त्यसपछि उनी निर्धनको समूहमा आवद्ध भएर पहिलो पटक रु. ४० हजार त्यसपछि रु. ६० हजार, रु. १ लाख, रु. १ लाख ५० हजार, र रु. २ लाख कर्जा लिएर च्याऊ खेती गरीन् । अहिले पनि उनले समूहगत मर्जा रु. ३ लाख लिएर च्याऊ खेती व्यवसायलाई नै विस्तार गरेकी छिन् । टाँडी, भण्डारा, पर्सा, नारायणगढ, दमौली र काठमाडौंमा च्याऊ बेच्ने गरेको उनी बताउँछिन् । अहिले च्याऊ खेतीमा उनले ३२ लाखभन्दा बढी लगानी गरेकी छिन् । कर्जाको सहि सदुपयोग गरी हाल एक सिजनमा च्याऊ खेतीबाट रु. ५ देखि रु. ७ लाखसम्म नाफा गर्ने गरेको उनले बताईन् ।

व्यवसायको कमाईबाट उनले किस्ता तिरी घर खर्च राम्ररी चलाईरहेकी छिन् । उनले जेठी छोरीलाई होटल म्यानेज्मेन्ट र कान्छि छोरीलाई पनि कक्षा १० मा पढाउँदै गरेकि छिन् । पतिलाई पनि बेला बेलामा आर्थिक सहयोग गर्ने गरेको उनी बताउँछिन् । उनले मासिक रु. १ हजारको समृद्धि बचत खाता खोलेकि छिन् । भन्छिन् ‘प्रायः छोरीलाई दुःखको बेला आर्थिक सहयोग दिने भनेको माईती नै हो, निर्धन संस्थाले मलाई दुःखको बेलामा बिना धितो कर्जा दिएर सहयोग गरेकाले निर्धन माईती झै लाग्छ ।’

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.

This will close in 20 seconds