लघुवित्त न्यूज । अब वैदेशिक रोजगारीमा गएका नेपालीले प्राथमिक सेयर निष्कासन (आईपीओ) मा १० प्रतिशत आरक्षण कोटा पाउने भएका छन्। हालै बसेको मन्त्रिपरिषद् बैठकले धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ लाई पाँचौ पटक संशोधन गर्दै वैदेशिक रोजगारीमा गएका श्रमिकलाई आईपीओमा आरक्षण दिने व्यवस्था गरेको हो।

बोर्डले आईपीओमा सर्वसाधरणले पाउँदै आएको ३० प्रतिशतबाटै १० प्रतिशत सेयर वैदेशिक रोजगारीमा गएकाहरुलाई छुट्याएको हो। श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकले मात्र आरक्षण सेयर पाउनेछन्।

हालको व्यवस्था अनुसार आइपिओ जारी गर्दा संगठित संस्थाले जारी पुँजीको १० प्रतिशत आयोजना प्रभावितलाई छुट्याउने गर्छन्। जारी पुँजीको सानो अंश कम्पनीका कर्मचारीले समेत पाउने गरेका छन्। यस बाहेक सर्वसाधरणलाई जारी हुने कुल सेयरको ५ प्रतिशत म्युचुअल फन्डहरुलाई आरक्षित हुने गरेको छ।
...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.

This will close in 20 seconds