लघुवित्त न्यूज । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। कमलपोखरी, काठमाडौंस्थित आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालयमा आईपीओ बाँडफाँड सम्पन्न भएको हो।

मागभन्दा बढी आवेदन परेको हुनाले कम्पनीको प्राथमिक निष्काशनको बाँडफाँड गोलाप्रथाबाट गरिएको छ। कुल १८ लाख ३८ हजार ७ सय ५१ जना आवेदन मध्ये योग्य आवेदक १८ लाख ३७ हजार ४ सय ३६ जनाले आवेदन दिएकोमा १८ लाख ५ सय ७७ जना आवेदकको हात खाली भएको छ।

बाँकी आवेदकमा ३६ हजार ८ सय ५९ जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन्। लघुवित्तको आईपीओमा १ करोड ९९ लाख ५७ हजार ६ सय १० कित्ताको लागि कुल रु १ अर्ब ९९ करोड ५७ लाख ६१ हजार बराबरको आवेदन परेको थियो।

आवेदकले आइपिओ रिजल्ट कम्पनी तथा बिक्री प्रबन्धकको वेभसाइट र सिडिएससीको आइपिओ रिजल्ट हेर्ने वेभसाइटबाट हेर्न सक्नुहुन्छ। कम्पनीको जारी पूँजी रु.१०,९३,७५,००० (अक्षेरुपी दश करोड त्रियानब्बे लाख पचहत्तर हजार मात्र) को ३६ प्रतिशले हुन आउने रु.३,९३,७५,००० (अक्षेरुपी तीन करोड त्रियानब्बे लाख पचहत्तर हजार मात्र) रकम बराबर प्रति शेयर रु.१०० अंकित दरका ३,९३,७५० कित्ता साधारण शेयरको सर्वसाधारणमा निष्काशन गर्न लागिएको शेयरको १.३८ प्रतिशतले हुने ५,४७० (जारी पूंजीको ०.५%) कित्ता शेयर कर्मचारीहरु तथा सर्वसाधारणलाई छुट्टाइएको शेयर मध्येको ५% अर्थात १९,६९० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बांकी रहने ३,६८,५९० कित्ता साधारण शेयरहरुको सार्वजनिक निष्काशनमा आएको थियो।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.

This will close in 20 seconds