लघुवित्त न्यूज । राष्ट्रिय बाल दिवसको अवसरमा मेरोमाईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय कौडेनाले पब्लिक माध्यमिक विद्यालय मंलगवा–०२ सर्लाहीका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । बुधबार एक कार्यक्रमकाबीच कापी, कलम, पेन्सिल तथा आवश्यक सामग्री वितरण गरिएको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि (इन्सपेक्टर) सुजित कुमार कुश्वाहा, अतिथिमा वडा अध्यक्ष धिरेन्द्र साह, विद्यालयको अध्यक्ष विर्जु कुमार राय, प्रा.ध.सुवास कुमार राय यादव, स.प्र.राम किशोर महतो तथा संस्थाका अनुगमन अधिकृत रामकिशोर प्रसाद कुश्वाहाका साथै कार्यरत सम्पुर्ण कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

शाखा प्रबन्धक राज किशोर चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ताहरुले मेरो माईक्रोफाइनान्स लघुवित्तले आफनो उतरदायित्व निभाएकोमा धन्यवाद गर्नुभएको थियो ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.