लघुवित्त न्यूज । विजयपुर–२६, पोखरा म.न.पा.मा केन्द्रीय कार्यालय रहेको ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ग्राहक सदस्यहरुलाई बाख्रापालन तालिम प्रदान गरेको छ । संस्थाले रौतहट जिल्ला स्थित समनपुर शाखा कार्यालयबाट ८० जना ग्राहक सदस्यहरुलाई बाख्रापालन तालिम प्रदान गरेकोे हो ।

समनपुर शाखाका शाखा प्रमुख राजु लामाको अध्यक्षतामा सम्पन्न भएको उक्त तालिम कार्यक्रममा वित्तीय संस्थासँग आबद्व सदस्यहरुको आम्दानीको श्रोत वृद्घि गराउने उद्देश्यका साथ संचालन भएको थियो । तालिममा दहियार स्टेशन कार्यालयका प्रमुख भुपेन्द्र बहादुर खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।

तालिममा पशु स्वास्थ्य डाक्टरद्वय सुलभ कुमार चौधरी तथा केशव खड्काले बाख्रा पालन गर्दाका फाइदा, बाख्रा पालन गर्ने तरिका तथा बाख्रालाई रोगलाग्दा कसरी रोकथाम गर्ने भन्ने विषयमा तालिम प्रदान गर्नुभएको थियो ।
विगतका आर्थिक वर्षहरुमा जस्तै यस आर्थिक वर्षमा पनि वित्तीय संस्थाले ग्राहक संरक्षण कोष अन्तर्गत आफ्ना सदस्यहरुलाई तालिम तथा अवलोकन भ्रमण लगायत विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ ।

हाल १ सय १९ वटा शाखा कार्यालय रहेको यस वित्तीय संस्थाले १ लाख ४८ हजार २ सय ५ घरधुरीलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । त्यस्तै गरी आफ्ना ग्राहक सदस्यहरुलाई ८ अर्ब ५३ करोड ६६ लाख रुपैंया बराबर कर्जा लगानी गरेको छ भने उनीहरुबाट २ अर्ब ९९ करोड ३१ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

शाखा कार्यालयका सदस्यहरुबाट माग भई आएको अवस्थामा विभिन्न किसिमका सीपमूलक तालिमहरु लगायत विभिन्न कार्यक्रमहरु सञ्चालन गदै जाने कुरा संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले जानकारी दिनुभयो ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.

This will close in 20 seconds