लघुवित्त न्यूज । वाणिज्य बैंकहरुबाट असोज २ देखि नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले दशैँका लागि वाणिज्य बैंकहरुलाई नयाँ नोट उपलब्ध गराएको छ।

राष्ट्र बैंकले एक सूूचना जारी गर्दै यस्तो जानकारी गराएको हो। असोज २ गतेदेखि बैंकहरुले काठमाडौं उपत्यकाभित्रका तोकिएका शाखा कार्यालयहरुमार्फत नयाँ नोट सटहीको व्यवस्था गर्नुपर्नेछ। यसका साथै बैंकहरुले सर्वसाधारणलाई नयाँ नोट तथा सुकिलो नोट सटहीका लागि काठमाडौँ उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला) भित्रका कम्तीमा ५ वटा शाखा कार्यालयहरु तोकेर आफ्नो वेबसाइटमार्फत सूचना दिनुुपर्नेछ।

सूचनामा नयाँ तथा सुकिलो नोट सटही गर्न समयावधि र संख्यासमेत उल्लेख गर्नुुपर्नेछ। सर्वसाधारणलाई ५, १०, २०, ५० र १०० दरको प्रतिव्यक्ति बढीमा एक–एक बन्डलका दरले जम्मा १८ हजार ५०० रुपैयाँसम्म सटही सुविधा उपलब्ध गराउनुुपर्नेछ।

 

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.

This will close in 20 seconds