लघुवित्त न्यून । पिपुल्स हाइड्रोपावर लिमिटेडले आज (भदौ ३१ गते शुक्रबार) देखि आईपिओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आइपिओ निष्कासन गरेको हो।

कम्पनीले जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित दरका ३२ लाख कित्ता आइपिओ निष्कासन गरेको हो।
उक्त कित्तामध्ये आयोजनाबाट अति प्रभावित क्षेत्र दोर्दी गाँउपालिका (तत्कालिन ढोढेनी र फलेनी गा.वि.स वडा नं. ६ र ७) का स्थानीय बासिन्दाहरूका लागि ३० प्रतिशत अर्थात् ९ लाख ६० हजार कित्ता सेयर छुट्याएको छ।

त्यस्तै, लमजुङ जिल्लाका स्थानीय बासिन्दाहरूले ७० प्रतिशत अर्थात् २२ लाख ४० हजार कित्ता सेयरमा आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सेयरका लागि आवेदन दिने सक्नेछन्।

कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ। आवेदकले ग्लोबल आइएमई बैंकको दोर्दी र भोर्लेटार शाखा तथा हिले एक्टेन्सन काउण्डर, एनएमबि बैंकको भोटेवडार शाखा, सिद्धार्थ बैंकको बेसीशहर शाखा र सिभिल बैंकको भुलभुले शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यसका साथै, नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय तथा मेरो सेयर एप र वेबसाइटमार्फत आवेदन दिन सकिनेछ।

उक्त आइपिओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने समयअवधि असोज ३० गतेसम्म लम्बिनेछ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.

This will close in 20 seconds