लघुवित्त न्यूज । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले रुपन्देही जिल्लाको टिकुलिगढ र नौ नम्बर तिलोत्तमा शाखाहरुमा आवद्ध ग्राहक सदस्यहरुलाई व्यवसायिक बंगुर पालन तालिम प्रदान गरेको छ । संस्थाले भाद्र २७ देखि ३० गते सम्म उक्त तालिम सञ्चालन गरेको हो । तालिममा व्यवसाय उन्मुख ४७ जना ग्राहक सदस्यहरुलाई सहभागी गराइएको थियो ।

तालिम कार्यक्रममा उपस्थित स्थानीय पदाधिकारीहरुले तालिमको माध्यमबाट कृषकहरुलाई आधुनिक कृषितर्फ डो¥याउन थप मद्धत पुग्ने साथै कृषकहरुको कृषि कार्य पद्धतिमा परिवर्तन हुँदै जाने बताउनु भएको थियो । तालिमको सहजीकरण तिलोत्तमा नगरपालिका अन्र्तगतका पशु प्राविधिकहरु राजु कुवर, त्रिविक्रम न्यौपाने र महेश गौतमले गर्नुभएको थियो ।

लक्ष्मी लघुवित्तले कर्जा, बचत बाहेक लघुबीमा, विप्रेषण, ट्याबलेट बैकिङ्ग, ई–सेवा, कनेक्ट आईपिएस र लक्ष्मी लघुवित्त स्मार्ट एप सुविधा सँगै महिलाहरुलाई उद्यमशीलताको माध्यमबाट महिला सशक्तिकरणमा टेवा पु¥याउने उद्धेश्यले विभिन्न किसिमका क्षमता अभिवृद्धि तथा सीप विकास सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएको छ ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.

This will close in 20 seconds