लघुवित्त न्यूज । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा ज्योतिचन्द ओझाको कार्यकाल थप गरिएको छ । असोज १ गतेदेखि समाप्त हुने भएको उहाँको कार्यकाल भदौ ३१ गते बसेको संचालक समितिको बैठकले केही समयको लागि उहाँको कार्यकाल थप गरेको हो ।

भदौ ३१ गते आरएमडीसी लघुवित्त र साना किसान विकास लघुवित्तबीच शनिबार १००ः८७ को स्वाप रेसियोमा एकआपसमा मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

आरएमडीसी लघुवित्त र साना किसान विकास लघुवित्तबीच एक आपसमा मर्जरमा जाने सम्झौता कार्यलाई सहजता प्रदान गर्ने प्रयोजनको लागि सो मर्जर काम सम्पन्न भएपछि मर्जर हुँदा व्यवस्था भएअनुसार हुने गरी संस्थाका सिइओ ओझालाई असोज १ गतेदेखि लागू हुनेगरी आगामी ६ महिनाको लागि कार्यकाल थप गरिएको हो ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.

This will close in 20 seconds