लघुवित्त न्यूज । भीरकोट नगरपालिका वार्ड नं.१ बयरघारी, स्याङजामा केन्द्रीय कार्यालय रहेको आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा प्रमुखहरुको बिजनेस एन्ड म्यानेजमेन्ट रिभ्यु मिटिङ सम्पन्न गरेको छ । संस्थाले उक्त कार्यक्रम भदौ ३० र ३१ गते द जंगल रेष्टुरेन्ट वालिङ स्याङजामा सम्पन्न गरेको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष तथा लघुवित्त संघका कोषाध्यक्ष नरेश के.सी र पब्लिक संचालक तथा मर्जर समिति संयोजक विद्या श्रेष्ठको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल राष्ट्र बैंक प्रदेश कार्यालय पोखराका निर्देशक डा.रामशरण खरेल रहनु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि डा.रामशरण खरेलले वर्तमान अवस्थामा लघुवित्त वित्तीय संस्थाको सम्भावना र चुनौतीका बारेमा सहभागीहरु लाई प्रकाश पार्नु भएको थियो । संस्थाका अध्यक्ष तथा संचालक द्धय नरेश के.सी र विद्या श्रेष्ठले संस्थाको मर्जर प्रक्रिया तथा कर्मचारीहरुको मर्जर पश्चात् सेवा सुविधाको सुनिश्चितताका बारेमा प्रस्ट पार्नु भएको थियो । कार्यक्रममा विभिन्न जिल्लामा कार्यरत शाखा प्रमुख तथा केन्द्रिय कार्यालयमा कार्यरत प्रमुख कार्यकारी अधिकृत डोलराज के.सी , नायब कार्यकारी प्रमुख बाबुराम कुँवर लगायत सम्पुर्ण विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो ।

सहायक प्रबन्धक कुलदेव लामिछानेद्वारा संचालित कार्यक्रमको अध्यक्षता प्रमुख कार्यकारी अधिकृत डोलराज के.सीले गर्नुभएको थियो । कार्यक्रममा वार्षिक लक्ष्य पुरा गर्ने शाखाका शाखा प्रमुखहरु लाई सम्मान गरेको थियो र शाखा कार्यालय प्रगतिनगरका शाखा प्रमुख तथा लघुवित्त कर्मचारी मञ्च पुर्वी नवलपरासी जिल्लाका अध्यक्ष युवराज गौतम र ओदारी शाखा प्रमुख तथा कपिलवस्तु जिल्लाका अध्यक्ष नरेन्द्र पौडेल लाई टिका तथा खादाद्धारा सम्मान गरिएको थियो ।

संस्थाले हाल ११ जिल्लामा १९ शाखा कार्यालय संचालन गरि २१,५०० भन्दा बढी सदस्य , तथा १ अर्ब ४५ करोड भन्दा बढी कर्जा लगानी रहेको र सदस्यको निक्षेप परिचालन करिव ५० करोड रहेको छ । संस्थाको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. सँग मर्जरका लागि मिति २०७९/०३/२२ गते सैद्धान्तिक सहमती गरी मर्जर सम्वन्धी गतिविधि अगाडी बढि सकेको र मिति २०७९/०६/०७ गते मर्जर सम्वन्धी प्रस्ताव पास गर्नका लागी वालिङको होटल जंगलमा विशेष साधरण सभाको आव्हान गरि सकेको कम्पनी सचिव बाबुराम कुवँरले कार्यक्रममार्फत जानकारी दिनुभयो । मर्जर पश्चात धितोपत्र बोर्डमा रोक्का रहेको शेयर कारोबार समेत फुकुवा हुनेछ ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.

This will close in 20 seconds