लघुवित्त न्यूज । अर्थमन्त्री जनार्दन शर्माले सरकारी संस्थानमा भएको रकमले लघुवित्त कोष स्थापना गर्नुपर्ने बताउनुभएको छ । मंगलबार निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले सरकारी संस्थानमा भएको रकमले लघुवित्त कोष स्थापना गर्नुपर्ने बताउनुभएको हो ।

‘बिनाधितो ऋण भइरहेकोले यसको कार्यभार बढेको छ, जोखिम व्यवस्थापन सँगै अनुशासनमा अगाडि बढ्न जरुरी छ, लघुवित्त कोषमा सरकारी संस्थानमा भएको रकम लगानी गर्नु पर्छ, मिटरब्याजले सर्वसाधारण संकटमा परेका छन्, सहुलियत ऋण सर्बसाधारणमा पुर्याउनु पर्छ,’ उहाँले भन्नुभयो ।

बैंकहरुले सानालाई लगानी गर्न झन्झट भएकाले अब लघुवित्त संस्थाले मात्रै सानालाई लगानी गर्नुपर्ने अर्थमन्त्री शर्माको धारणा छ । लघुवित्तको कोषमा भएको रकम अप्रयाप्त भएपनि लगानी बढाएर आयात प्रतिस्थापन गर्न सहज हुने अर्थमन्त्री शर्माले अपेक्षा गर्नुभएको हो ।

उहाँले निक्षेपको सुरक्षाको अभिभारा पूरा गर्नु पर्ने आवश्यकता रहेको बताउँदै साउन १ गतेदेखि ५ लाख रुपैयाँको निक्षेप सुरक्षण कायम गरिएको मन्त्री शर्माले जानकारी दिनुभयो । धितो नभएका तथा साना किसानलाई लगानी गरेको कर्जाको जोखिम सुरक्षण आवश्यक रहेको भन्दै सरकारी संस्थानमा भएको रकमले लघुवित्त कोष स्थापना गर्नुपर्ने उहाँको भनाइ रहेको छ ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.

This will close in 20 seconds