लघुवित्त न्युज । नेकपा एमालेकी नेतृ भगवती चौधरीले नेपाल कृषि प्रधान देश भएकोले कृषिलाई निर्यातमुखी बनाउन राज्यसँगै नीजि क्षेत्रले पनि सहयोग गर्नुपर्ने बताउनुभएकी छिन् । आइतबार विराटनगरमा कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित कार्यक्रममा कृषि क्षेत्रको विकास र उत्पादन बढाउन राज्यसँगै नीजि क्षेत्रले पनि सहयोग गर्नुपर्ने बताउनुभएकी हो ।

पूर्वराज्यमन्त्री समेत रहेकी नेतृ चौधरीले कार्यक्रममा तत्कालीन नेकपाको सरकारले आर्थिक क्षेत्रको विकास गर्न काम गरेको बताउनुभयो । प्रदेश १ को आर्थिक विकास गर्न चीन सँग पारवहन सन्धी भएर किमाथांकासम्म सडक सञ्जाल पुर्याउने काम तत्कालीन सरकारले नै गरेको उहाँको भनाइ रहेको छ ।

साथै चौधरीले आफु छोटो समय राज्यमन्त्री भएका बेला तराई मधेशका २२ वटा जिल्लाका दसगजा क्षेत्रका जनतालाई आर्थिक क्षेत्रसँग जोड्ने गरी सिमा सुरक्षासँग सम्बन्धीत महत्वपूर्ण परियोजना ल्याएपनि कार्यान्वयन गर्न नसकेको बताउनुभयो ।

यस्तै, प्रदेश १ को नामाकरणमा संघ र प्रदेशबिच तादम्यता नमिलेकै कारण असफल भएको चौधरीले जानकारी दिनुभयो । नामाकरण गर्ने सवालमा जातिय, क्षेत्रीय, भौगोलिक, ऐतिहासिक पहिचानका कुराहरु बढी उठेपनि प्रदेश र संघ सरकारले संबोधन गर्न नसकेको बताउनुभयो । साथै महिलालाई नेतृत्वमा पुर्याउने सवालमा अझैपनि समस्याहरु रहेको चर्चा गर्दै कतिपय अवस्थामा महिला आफैं अगाडी बढ्नु पर्ने उहाँको भनाई रहेको छ ।

कार्यक्रममा नेतृ चौधरीसँगै पूर्वमन्त्री डा.मीनेन्द्र रिजाल, १ नं प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राई, उद्योगी महेश जाजूले प्यानल वहस गर्नुभएको थियो ।

...
बैंकहरुमा ब्याजदर बढ्नाले बेहालको अवस्था सिर्जना भएको छ : प्रकाशराज शर्मा

प्रकाशराज शर्मा अध्यक्ष,नेपाल लघुवित्त बैंकर्स संघ एवम् सिईओ, लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड विगत ६ महिनादेखि स्थिर रहेको बैंकहरुको ब्याजदर असोजमा एकाएक ह्वातै बढेको छ । यो ब्याजदर इतिहासकै उच्च वृद्धि हो । भदौंसम्म मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत थियो । तर, असोज महिनादेखि त्यस्तो ब्याजदर १० प्रतिशतले बढेर १२ प्रतिशतमाथि पुगेको छ । निक्षेपको […]

Sorry, no posts matched your criteria.