Skip to main content
३० आश्विन २०८२, बिहीबार
नेरुडे मिर्मिरे लघुवित्त कञ्चनपुरको वित्तीय साक्षरता कार्यक्रमः कर्जाको सही सदुपयोग गर्न सुझाव

नेरुडे मिर्मिरे लघुवित्त कञ्चनपुरको वित्तीय साक्षरता कार्यक्रमः कर्जाको सही सदुपयोग गर्न सुझाव

नेरुडे मिर्मिरे लघुवित्त कञ्चनपुरको वित्तीय साक्षरता कार्यक्रमः कर्जाको सही सदुपयोग गर्न सुझाव

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सुदुरपश्चिम प्रदेश कार्यालय अन्तर्गत शाखा कार्यालय बनसमिति कञ्चनपुरले केन्द्र प्रमुख गोष्ठी,वित्तीय साक्षरता तथा गुनासो सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।

झलारीस्थित होटेल भ्यू टपको सभाहलमा सम्पन्न कार्यक्रमको सभाध्यक्षता शाखा कार्यालय बनसमितिद्धारा संचालित केन्द्र नं. १२ की केन्द्र प्रमुख बिन्दु भाटले गरेकी थिइन् ।

यस्तै कार्यक्रममा प्रमुख अतिथिको रुपमा शुक्लाफाँटा नगरपालिका वडा नं.५ का वडाध्यक्ष चक्रबहादुर खड्का रहेका थिए । साथै कार्यक्रमको विशिष्ट अतिथि ईलाका प्रहरी कार्यालयका प्रमुख वीरबहादुर बोहरा, सुदुरपश्चिम प्रदेशका कर्मचारी आयोग घिमिरे, अतिथिहरुमा अत्तरिया शाखाका शाखा प्रमुख नरेश बोहरा, आइबिआर डिशाखा प्रमुख खगेन्द्र भट्ट, दोदोधराशाखाका शाखा प्रमुख सीता कुमारी विश्वकर्मा, कर्मचारीहरु राजेन्द्र राना,गौमती कुमारी भट्ट लगायत विभिन्न ५९ वटा केन्द्रका केन्द्र प्रमुखहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको सञ्चालन आइबिआर डि शाखाका शाखा प्रबन्धक खगेन्द्र भट्टले गरेका थिए भने स्वागत मन्तव्य कार्यक्रम संयोजक तथा बनसमिति शाखा प्रमुख सिद्वेश्वरी कुँवरले गरेकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष खड्काले गाउँघरमा गइ विपन्न तथा पिछडिएका महिला दिदीबहिनीहरुलाई वित्तीय सहायता प्रदान गर्ने लघुवित्तबाट लिएको कर्जा अरु कसैको बचत भएकाले हल्लाको पछाडि नलागी समयमै लिएको ऋण भुक्तान गर्नुपर्ने र कर्जाको सही सदुपयोग गर्नुपर्ने जोड दिएका थिए ।

विशिष्ट अतिथि ईलाका प्रहरी कार्यालय झलारी प्रमुख बोहराले वित्तीय अपराधको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका सुदुरपश्चिम प्रदेशका आयोग घिमिरेले केन्द्र प्रमुखको भूमिका,कर्जा सदुपयोग गर्दा हुने फाईदा र दुरुपयोग गर्दा हुने नोक्सानी बारे सचेत गराएका थिए ।
संस्थाको शाखाका प्रमुख सिद्धेश्वरि कुँवरले संस्थाको संक्षिप्त परिचय कर्जा,बचत,संस्थाको विद्यमान सेवा सुविधा ग्राहक संरक्षण कोष र वित्तीय साक्षरता सम्बन्धी जानकारी गराएका थिए ।

कार्यक्रम सभाध्यक्ष बिन्दु भाटले लघुवित्त संस्थाले विपन्न वर्ग,भूमीहिन तथा न्युन आय भएका महिलाहरुलाई विनाधितो कर्जा उपलब्ध गराइ साना व्यवसाय संचालनमा सहयोग पु¥याइरहेको उल्लेख गरिन् । साथै वित्तीय शिक्षा प्रदान गरी सही तरिकाले कर्जा लिने तथा बचत गर्ने बानीको विकासमा संस्थाको महत्वपूर्ण योगदान रहेको बताउँदै संस्थालाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरिएको थियो ।