Skip to main content
१० मंसिर २०८२, मंगलवार

लघुवित्त विशेष

लघुवित्तमा ऋण नतिर्नेहरु बढेको बढ्यै, के केन्द्रीय बैंकले लघुवित्तलाई कम वास्ता गर्दैछ ?

लघुवित्तमा ऋण नतिर्नेहरु बढेको बढ्यै, के केन्द्रीय बैंकले लघुवित्तलाई कम वास्ता गर्दैछ ?

लघुवित्त / बैंकहरुका खराब ऋणी जस्तै लघुवित्त क्षेत्रमा पनि ऋण नतिर्ने ग्राहकको संख्या उच्च रहेको पाइएको छ । आर्थिक मन्दी, ऋण मिनाहा आन्दोलन र दोहोरो कर्जाको समस्याले ग्रस्त लघुवित्त क्षेत्र थप दबावमा परेको छ । समयमै ऋण फिर्ता गर्न नसक्ने ग्राहकको संख्या अकल्पनीय रुपमा बढ्दा संस्थाको कर्जा असुलीमा समस्या भएको पाइएको छ । नेपाल राष्ट्र […]

लघुवित्तको खराव कर्जा कसरी उठाउने ? एआईले दियो केही यस्ता टिप्सहरु :

लघुवित्तको खराव कर्जा कसरी उठाउने ? एआईले दियो केही यस्ता टिप्सहरु :

लघुवित्त / कैंयौ मानिसहरु ऋण लिने वा ऋण दिने कार्यमा फसेका छन् । यो सबै खराव कर्जा हो । रकम फस्नु वा समयमा रकम नउठ्नु यी दुवै खराव कर्जा हुन् । खराव कर्जा व्यबस्थापन गर्न नसक्दा धेरैको जीवन अस्त व्यस्त बनेको छ । खराब कर्जा बैंकवित्तको मात्रै हुँदैन । सामाजिक संगठन, समुह, सहकारी, लघुवित्त हुँदै […]

नेपाल राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल

नेपाल राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल

नेपाल राष्ट्र बैंकले प्रवक्तामा कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई जिम्मेवारी तोकेको छ । २०८२ कार्तिक १९ गतेदेखि लागू हुनेगरी पौडेललाई प्रबक्ताको जिम्मेवारी दिईएको हो । पौडेल केन्द्रीय बैंकमा मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत छन् । वि.सं २०५९ सालमा बैंक सेवामा प्रवेश गरेका पौडेलले हालसम्म बेंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन […]

कर्जाको सही सदुपयोग गर्दा फेरियो अमृतादेवीको दैनिकी

कर्जाको सही सदुपयोग गर्दा फेरियो अमृतादेवीको दैनिकी

मेहनत गरेपछि अवश्य सफल भइन्छ भन्ने उखानलाई सार्थक रुपमा व्यवहारमा लागु गर्न सफल अमृतादेवी थापा मगर, बुबा तिलक पुन मगर र आमा तुलसी पुन मगरको कोखबाट २०४० साल कात्तिक १५ गते साविक सुगरखाल गा.वि.स. वडा नं. ७ हाल महोन्याल गा.पा.वडा नं. ३ फल्लेविसावन कैलालीमा जन्म भएको हो । अमृता देवी थापा मगरको बाल्यकाल दुखद पूर्ण […]

लघुवित्तको आयकर घटाउन लबिङ

लघुवित्तको आयकर घटाउन लबिङ

लघुवित्त समाचार । ग्रामीण क्षेत्रमा काम गर्ने लघुवित्त संस्थाहरूले बैंक तथा वित्तीय संस्थासँगै लागू हुने आयकरको सीमा घटाउन अर्थ मन्त्रालयसँग लबिङ सुरु गरेका छन्। लघुवित्त बैंकर्स संघका अध्यक्ष तथा नेसनल लघुवित्तका सीइओ रामबहादुर यादवका अनुसार, ग्रामीण क्षेत्रमा धितोविना लगानी गर्दै काम गर्ने संस्थाले ३० प्रतिशत आयकर तिर्नु अत्यधिक भएको छ। उनले भने, ‘हामीले व्यवसाय मात्र […]

यस्तो छ लघुवित्तको लाभांश क्षमताः कुनको कति ?

यस्तो छ लघुवित्तको लाभांश क्षमताः कुनको कति ?

लघुवित्त न्यूज डटकम । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरूले वितरण गर्ने लाभांशको सीमा बढाएको छ । अब लघुवित्त कम्पनीहरूले पूँजीकोष र निष्क्रिय कर्जा अनुपातलाई आधार मानेर अधिकतम २५ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्नेछन् । यसअघि यो सीमा १५ प्रतिशत थियो । हाल नेप्सेमा ५० लघुवित्त कम्पनी सूचीकृत छन् । तीमध्ये ४८ कम्पनीले लाभांश वितरण गर्न […]

बढ्दो खराब कर्जा र घट्दो नाफाले लघुवित्त संस्थामा गम्भीर चुनौती

बढ्दो खराब कर्जा र घट्दो नाफाले लघुवित्त संस्थामा गम्भीर चुनौती

लघुवित्त न्यूज डटकम/ नेपालमा वित्तीय पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका लघुवित्त वित्तीय संस्थाहरू हाल दबाबमा परेका छन् । ग्रामीण भेगका साना व्यवसाय, स्वरोजगार र महिलालाई सस्तो ऋण सुविधा उपलब्ध गराउँदै आएको यो क्षेत्रमा पछिल्लो समय नाफा घट्दै गएको छ भने सञ्चालन खर्च र खराब कर्जा तीव्र गतिमा बढ्दै गएको छ । यसले लघुवित्तको […]

लघुवित्त संस्थाहरूले २५ प्रतिशतसम्म लाभांश बाँड्न पाउने, यस्ता छन् नयाँ व्यवस्थाहरु

लघुवित्त संस्थाहरूले २५ प्रतिशतसम्म लाभांश बाँड्न पाउने, यस्ता छन् नयाँ व्यवस्थाहरु

लघुवित्त न्यूज डटकम । लघुवित्त वित्तीय संस्थाहरुले २५ प्रतिशतसम्म लाभांश वितरण गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाको लाभांशमा गरिएको कडाइलाई खुकुलो गर्दै २५ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने व्यवस्था गरेको हो । यसअघि लघुवित्त संस्थाहरुले १५ प्रतिशतसम्म मात्रै लाभांश वितरण गर्न पाउने व्यवस्था थियो । चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक […]

साउन १ गतेदेखि लघुवित्तमा आधार दर लागू हुने, अधिकतम ब्याजदर १४ प्रतिशतसम्म सीमित हुने

साउन १ गतेदेखि लघुवित्तमा आधार दर लागू हुने, अधिकतम ब्याजदर १४ प्रतिशतसम्म सीमित हुने

लघुवित्त न्यूज डटकम । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थामा आधार दर (बेसरेट) साउन १ गतेदेखि अनिवार्यरूपमा लागू गर्ने भएको छ। यसअघि जेठ १ गतेदेखि लागू गरिने भनिए पनि लघुवित्त संस्थाहरूले वैज्ञानिकरूपमा गणना गर्न नसक्दा कार्यान्वयन दुई महिना पछि सरेको हो। राष्ट्र बैंकका नियमन विभाग प्रमुख गुरुप्रसाद पौडेलका अनुसार, साउनदेखि लागू हुने नयाँ प्रणालीमा लघुवित्तको […]

लघुवित्तको कर्जा सीमा ४ वर्षमा २५ गुणाले बढाइयो

लघुवित्तको कर्जा सीमा ४ वर्षमा २५ गुणाले बढाइयो

लघुवित्त न्यूज डटकम ।  लघुवित्त ऋणको सीमा छोटो अवधिमा अत्यधिक रुपमा बढाइँदा अहिले लघुवित्त क्षेत्र गम्भीर संकटमा परेका छन् । राष्ट्र बैंकको अनुमतिमा चार वर्षको अवधिमा प्रतिव्यक्ति कर्जाको सीमा ६० हजारबाट बढाएर १५ लाख पु–याइयो, जसको परिणामस्वरूप लघुवित्तको कुल कर्जा पोर्टफोलियो असुली संकटमा फसेको छ। २०७३ सालमा सुरु गरिएको साना कर्जाको नीति अन्तर्गत लघुवित्त वित्तीय […]