Skip to main content
१० मंसिर २०८२, मंगलवार
साउन १ गतेदेखि लघुवित्तमा आधार दर लागू हुने, अधिकतम ब्याजदर १४ प्रतिशतसम्म सीमित हुने

साउन १ गतेदेखि लघुवित्तमा आधार दर लागू हुने, अधिकतम ब्याजदर १४ प्रतिशतसम्म सीमित हुने

साउन १ गतेदेखि लघुवित्तमा आधार दर लागू हुने, अधिकतम ब्याजदर १४ प्रतिशतसम्म सीमित हुने

लघुवित्त न्यूज डटकम । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थामा आधार दर (बेसरेट) साउन १ गतेदेखि अनिवार्यरूपमा लागू गर्ने भएको छ। यसअघि जेठ १ गतेदेखि लागू गरिने भनिए पनि लघुवित्त संस्थाहरूले वैज्ञानिकरूपमा गणना गर्न नसक्दा कार्यान्वयन दुई महिना पछि सरेको हो।

राष्ट्र बैंकका नियमन विभाग प्रमुख गुरुप्रसाद पौडेलका अनुसार, साउनदेखि लागू हुने नयाँ प्रणालीमा लघुवित्तको ब्याजदर अधिकतम १४ प्रतिशतसम्म सीमित हुने देखिएको छ।

विगतमा लघुवित्तहरूले बेसरेट १९ प्रतिशतसम्म रिपोर्टिङ गरेका थिए। तर, अब कस्ट अफ फण्ड, सञ्चालन खर्च, सीआरआर र एसएलआर जोडेर वैज्ञानिक विधिबाट गणना गर्नुपर्नेछ।

हालको तथ्यांकअनुसार, साना किसान लघुवित्तको सबैभन्दा कम ४.१७ प्रतिशत र नाडेपको सबैभन्दा बढी १९.१७ प्रतिशत बेसरेट छ। राष्ट्र बैंकले संस्थाहरूलाई तालिम दिई इफेक्टिभ बेसरेट गणना अभ्यास गराइरहेको छ, जसले लघुवित्त ऋणीलाई राहत दिने अपेक्षा गरिएको छ।