Skip to main content
११ कार्तिक २०८२, सोमबार
उपकार लघुवित्तका सदस्यहरुलाई व्यवसायिक तालिम

उपकार लघुवित्तका सदस्यहरुलाई व्यवसायिक तालिम

उपकार लघुवित्तका सदस्यहरुलाई व्यवसायिक तालिम

लघुवित्त न्यूज । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालय कोहलपुरको आयोजनामा शाखा कार्यालय सम्झना बाँकेका करिब ३५ जना सदस्यहरुलाई व्यवसायिक पशुपालन तालिम प्रदान गरेको छ ।

उक्त तालिममा संस्थाका सदस्यहरु केन्द्र प्रमुखहरुको सहभागिता रहेको थियो । तालिम पशु प्राविधिक बालकिसुन थारुले प्रशिक्षण दिएका थिए । कार्यक्रममा शाखा प्रबन्धक सुमित्रा महतरा क्षेत्रीले यस तालिमले ग्राहक सदस्यहरुको व्यवसायिकरणमा मद्दत पुग्ने विश्वास ब्यक्त गरेकी थिइन् ।

कार्यक्रमको सहजीकरण केन्द्रीय कार्यालयकी संचालन तथा समन्वय बिभाग प्रमुख पावती पराजुलीले गरेकी थिइन् । विभागिय प्रमुख पराजुलीले कार्यक्रमको उद्देश्यको बारेमा समेत प्रकाश गरेकी थिइन् ।

प्रमुखहरुलाई हालको समसामयिक विषय, संस्थाको भावी कार्यक्रम, खराब कर्जा व्यवस्थापन विषयमा यस तालिमले हौसला प्रदान गरी आगामी दिनमा वित्तीय संस्थालाई अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेकी थिइन् । कार्यक्रमको सहजीकरण संचालन तथा समन्वय विभाग प्रमुख पार्वती पराजुली र अनुगमन अधिकृत भगवती महतराले गरेकी थिइन् । तालिममा ५७ जनाको सहभागिता रहेको थियो ।