विजय लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
लघुवित्त न्यूज । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले प्यूठान जिल्लाको विजुवारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय साक्षरता दैनिक जीवनसँग जोडिएको विषय साथै वित्तीय स्थायित्वको आधारशिल पनि भएको हुँदा वित्तीय प्रणालीप्रति विश्वास कायम राख्न र आर्थिक गतिविधिहरुलाई वित्तीय प्रणालीमा समाबेश गर्न, समुदायमा वित्तीय सचेतना जगाउने उद्देश्य राखी उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको प्रशिक्षण अनुगमन अधिकृत तथा कलस्टर न. १५ का प्रमुख कुमबहादुर थापाले गरेका थिए । उनले प्रशिक्षणको क्रममा पछिल्लो समयमा बैंक तथा वित्तीय क्षेत्रमा देखिएको समस्या लगायत बचत, कर्जा, बीमा, विप्रेषण, वित्तीय अनुशासन, विद्युतीय वित्तीय सेवाहरु लगायत अन्य महत्त्वपूर्ण पक्षहरूबारे सहभागीहरुलाई जानकारी दिएका थिए ।
कर्जाको कारोबार गरी सम्बन्धित ब्यक्तिहरुले नियम अनुसार कर्जाको भुक्तानी नगरेको कारण वित्तीय क्षेत्रमा हाल केही समस्या देखिएको हुँदा कर्जाको कारोबार गर्दा ब्यवसायिक योजना बनाएर मात्र कारोबार गर्न र त्यसको सदुपयोग गर्नमा जोड दिँदै लामो समय सम्म पनि बैंक तथा वित्तीय संस्थाहरुमा कर्जाको किस्ता नतिरेमा कालो सूचीमा परिने हुँदा त्यसबाट पर्न जाने असरहरुबारे पनि स्पष्ट पारे ।
कार्यक्रमको प्रमुख अतिथिको रूपमा प्युठान नगरपालिका वडा नं. ४ का वडाध्यक्ष रेशम कार्की रहेका थिए । उनले यस कार्यक्रमले जनसमुदायमा बैंकिङ क्षेत्रको बारेमा बुझ्न र वित्तीय ज्ञानको सिकाइ हुने बताउँदै केही ठाउँहरुमा कर्जा लिएपछि त्यसको सदुपयोग गरि कर्जा तिर्नुको सातो लिएको ऋण नै तिर्नु हुन्न भनेर लागेको समेत देखिने गरेको हुँदा त्यसतर्फ तपाईं हामी लाग्न नहुने बताए । ६० जना बढी सहभागिता रहेको कार्यक्रममा स्वागत मन्तव्य बाग्दुला शाखाका शाखा प्रमुख सीता के.सीले गरेका थिए । कार्यक्रमको सहजीकरण कर्मचारी बृश्पती श्रेष्ठले गरेका थिए । कार्यक्रममा सहभागीले ऋणलाई सही रुपमा सदुपयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।