लघुवित्तले फेरिएको देवीकाे जीवन
काठमाडौं । रोल्पा जिल्लाको मिझिङ –९ मिझिङ गाउँमा महरा परिवारमा जन्मिएकी हुन देवी विष्ट । वि.सं. २०३९ साल मंसिर १५ गते बाबु चन्द्र बहादुर महरा र आमा सन्तमाया महराको कोखबाट जन्मिएकी हुन् उनी ।
धेरै टाढाका अनिल विष्टसँग वि.सं.२०५७ साल भाद्र १८ गते विवाह गरेकी उनको हाल १ छोरी १९ वर्षकी र १ छोरा १३ वर्षको छ । श्रीमान् घर निर्माण सम्बन्धी काम गर्ने र परापुर्वकाल देखि नै पशु पालन गर्दै आएकी उनका जीविका जेनतेन चलिरहकै थियो तर केही समय अगाडि श्रीमानको मृत्यु पश्चात् दुइ छोराछोरीको लालनपालन र दैनिक गुजारा चलाउन निकै गाह्रो भएको स्मरण गर्छिन् ।
तर हाल परम्परागत रुपमा गर्दै आइरहेको पेशालाई केही भएपनि व्यावसायीक रुपमा अगाडि बढाउन आर्थिक लगानी गर्न साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले गरेको सहयोगले नै आजको दिन हिजोको जस्तो नरहेको बताउँछिन् ।
साथै दुःखको समयमा साधना लघुवित्तले काज किरीया खर्च लगायत सहुलियत दरमा लगानी गरेको रकमले आज आफ्नै व्यवसाय संचालनमा सहजता भएको छ ।
हिजोको दिनमा पर्याप्त मात्रामा लगानी गर्ने रकम नहुँदा व्यवसायीक रुपमा व्यवसायलाई वृद्धि गर्ने आफ्नो क्षमताले नसक्ने भएकी उनी वित्तीय संस्थाको सहगोगले ७ वटा गाई पालन गरी किराना पसल र खाजा पसल समेत संचालन गदै आएकी छिन् । त्यसमा उनकी छोरीले साथ दिँदै आएकी छिन् । सामान्य रुपमा परापुर्वकाल देखि संचालन गदै आएको कृषि पेसा हाल आम्दानीको मुख्य स्रोत बनेको छ ।
सुरुवातको समयमा लगानी योग्य रकमको अभावमा एउटा गाईमात्र पालन गरी व्यवस्थित रुपमा अगाडि बढ्न निकै अप्ठ्यारा स्थिति आईपरेको, गाउँ घरमा कुनै पनि व्यक्तिले सजिलै कर्जा नपत्याई हाल्ने र बैक वित्तीय संस्थाको पहुँच पनि नभएको अवस्थाबाट गुर्जेका अप्ठारा दिनहरुको बारेमा सम्झ्न्छिन् उनी ।
काठमाडौं सितापाइलाबाट निकै नजिकको बस्ती भएता पनि लघुवित्त कार्यक्रम नपुगेका उनको गाउँमा आज भन्दा २ वर्ष अगाडि साधना लघुवित्त वित्तीय संस्था लिमिटेड, नागार्जुन शाखाका कर्मचारीले गाउँका दिदी बहिनीहरुसँग छलफल तथा भेला भएर समुहमा आवद्ध गराई बचत गरेको उनी सम्झिन्छन् ।
सुरुवाती दिनमा कर्जा लिन असहज लाग्ने उनी अप्ठ्यारो परिस्थितीले ७५ हजार बिना धितो कर्जा लिई उक्त कर्जाले १ वटा गाई किनेर गाईबाट दैनिक ९ लिटर दुध बेच्न सुरु गरिन् ।
साधना लघुवित्त वित्तीय संस्था लि. बाट ब्याजदर छुटमा सुलभ कर्जा लिएकी उनले कर्जाको सही सदुपयोगिता गरकोले धेरै पटक बिना धितो कर्जा पाई लगानी गरी राम्रो आम्दानी गर्दै आएकी छिन् र हाल ७ वटा गाई रहेको र फुर्सदको समयमा उनले सानो खाजा घर पनि संचालन गर्दै आएकी छिन् । व्यवशायमा उनले रेखदेख गर्ने, हर हिसाब राख्ने र कामदारहरुलाई काममा लगाउने हुँदा उनका श्रीमान् ठेक्कापट्टा समेत गर्न लागेको छ ।
अहिले उनको गाई पालन व्यवशायमा छोरा ,छोरीले पनि सहयोग गर्ने गरेको बताउँछिन् । हाल उनले धेरै खर्च नहुने र खुसी रहेको प्रष्टाइन् ।
पुर्खाै देखीको बासस्थान भएता पनि घर बनाउने थोरै जग्गा भन्दा अरु केही नभएको उनी केही जग्गा जमिन जोडी छोरा छोरीहरुलाई समेत राम्रो कलेज ,स्कुलमा पढाउन पाउँदा खुसी रहेको बताउँछिन् । तर हाल उनी दुध व्यवशाय र सानो खाजा घरबाट सन्तुष्ट रहेता पनि प्रतिस्पर्धा उच्च रहेकोले नाफा पहिल्यै जति नरहेको गुनासो पोख्छिन् ।
(प्रस्तुतकर्ता : (निरा देवी पन्थ) शाखा प्रबन्धक शाखा कार्यालय नागाजुर्न)