Skip to main content
१० मंसिर २०८२, मंगलवार
सदस्यहरुलाई सीप सिकाउँदै गणपति लघुवित्त(फोटोफिचर)

सदस्यहरुलाई सीप सिकाउँदै गणपति लघुवित्त(फोटोफिचर)

सदस्यहरुलाई सीप सिकाउँदै गणपति लघुवित्त(फोटोफिचर)

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय रुपा कास्कीले सीप विकास तालिम अन्तर्गत सदस्यहरुको क्षमता अभिवृद्धिका लागि एक दिने व्यवसायिक कुशन बनाउने तालिम सञ्चालन गरेको छ ।

संस्थामा आबद्ध सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २० जना ग्राहक सदस्यहरुलाई उक्त तालिम प्रदान गरिएको हो । सहभागीहरुलाई शाखा प्रबन्धक सुनिता पुलामी थापा मगरले मन्तव्यमार्फत स्वागत गरेको एक दिने व्यवसायिक तालिम कार्यक्रमको समुद्घाटन यस वित्तीय संस्थाको तालिम विकास तथा प्रवर्तन विभाग प्रमुख तथा प्रमुख अतिथि प्रभुराज थापाले गरेका थिए ।

उक्त एक दिने व्यवसायिक कुशन बनाउने तालिमको प्रशिक्षण तनहुँको खैरेनिटारमा सोही व्यवसाय सञ्चालन गर्दै आएकी विषय विज्ञ पविना वि.क.ले दिएकी थिइन् ।

सहभागी मध्येकी हिरा वि..क. को अध्यक्षतामा सम्पन्न तालिम कार्यक्रमको संचालन तथा सहजीकरण सहायक विप्लव सिंजाली मगरले गरेका थिए । उक्त व्यवसायिक कुशन बनाउने तालिमका सहभागीहरुलाई प्रमाण पत्रको समेत व्यवस्था गरिएको थियो ।