Skip to main content
१० मंसिर २०८२, मंगलवार
लघुवित्तले आधार दरकै आधारमा कर्जाको ब्याजदर तय गर्नुपर्ने

लघुवित्तले आधार दरकै आधारमा कर्जाको ब्याजदर तय गर्नुपर्ने

लघुवित्तले आधार दरकै आधारमा कर्जाको ब्याजदर तय गर्नुपर्ने

लघुवित्त न्यूज । लघुवित्त वित्तीय संस्थाहरुमा पनि राष्ट्र बैंकले आधार दर कार्यान्वयनमा ल्याउने भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सार्वजनिक गर्दै यहि आर्थिक वर्षबाट लघुवित्तले कर्जाको ब्याजदरलाई आधार दरसाँग आवद्ध गर्नुपर्ने व्यवस्था गरेको हो ।

‘लघुवित्त वित्तीय संस्थाहरुको कर्जाको ब्याजदर २०८२ जेठदेखि आधार दरसँग आवद्ध गरी तय गर्नुपर्ने व्यवस्था गरिनेछ’ मौद्रिक नीतिमा भनिएको छ । लघुवित्तको बेसरेट गणना र प्रिमियम निर्धारण कसरी हुने भन्ने निर्देशन जारी गरेको छैन । अब केन्द्रिय बैंकले सर्कुलर जारी गरेर यो अस्पष्टता चिर्नेछ ।