निर्धन उत्थान लघुवित्त दोधारा चाँदनीद्वारा छात्रवृत्ति रकम वितरण
लघुवित्त न्यूज । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय दोधारा चादनी (स्वास्थ्य चौकीबजार) ले आफ्नो संस्थामा आबद्ध सदस्यका छोरा-छोरी लाई छात्रवृत्ति रकम हस्तान्तरण गरेको छ ।
दोधारा चादनी नगरपालिका वडा नं.२ स्थित लठ्ठाघाट महिला समुहकी सदस्य मना देवी ठगून्नाको छोरा शिशिर ठगून्ना र दोधारा चादनी नगरपालिका वडा नं.७ स्थित गुरुङ बस्ती महिला समुहकी सदस्य गंगा तिरुवाको छोरी हिमानी सूनार तिरुवालाई डा.हरिहर देव पन्त स्मृति छात्रवृत्ति २०८१ प्रदान गरिएको हो ।
यस शाखाका शाखा प्रबन्धक गौतम ज्ञान थापाले प्रमाण पत्र तथा छात्रवृत्ति वापतको रकम हस्तान्तरण गरेका थिए । शाखा प्रमुखले थापाले संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आफ्ना ग्राहक सदस्यलाई निरन्तर रुपमा प्राकृतिक प्रकोप, दिर्घ रोगले ग्रसित बिरामी सदस्यलाइ आर्थिक राहत सहयोग, सुत्केरी पोषण भत्ता, सदस्यका छोरा छोरीलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको बताए ।
उक्त कार्यक्रममा समुह सदस्य, स्थानीयहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजीकरण कर्मचारी कू दिलसरा राना मगरले गरेकी थिइन् ।